default_image

1 year ago

March 9, 2024

फुटबलर रोहितलाई‌ पितृ शोक

1390 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द र अखिल नेपाल फुटबल संघका‌ केन्द्रीय सदस्य रविन्द्र चन्दलाई‌ पितृ शोक परेको छ ।

उनीहरूका बुवा ६९ वर्षिय अर्जुन चन्दको‌ शुक्रबार राति १०:५५ बजे टिचिङ अस्पतालमा निधन भएको एन्फा केन्द्रीय सदस्य रुपेश अधिकारीले जानकारी दिएका छन् । रोहित भाइ र रविन्द्र दाइ हुन् ।

कलेजोको समस्याका कारण चन्द पछिल्लो एक महिनादेखि उपचार गराइ रहेका थिए । चन्दको शनिबार बिहान बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। उनका श्रीमती, छोरी र २ छोरा छन् ।

June 18, 2025

भरतपुर मेयर कप फुटबल हुँदै

सुशील पन्त क्षेत्री,चितवन भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको दोस्रो संस्करण शुक्रवार सुरु हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्रका २४ सामुदायिक तथा […]

June 18, 2025

लिभरपुल र बर्नमाउथबीच पहिलो खेल हुने

एजेन्सी – साविक विजेता लिभरपुलले २०२५–२६ प्रिमियर लिग सिजनको उद्घाटन खेलमा बर्नमाउथको सामना गर्नेछ। म्यानचेस्टर युनाइटेड र आर्सनलले‌ एक अर्काको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्नेछन् । आर्ने स्लटको नेतृत्वमा पहिलो सिजनमै लिग उपाधि जितेको लिभरपुलले अगस्ट १५(साउन ३० गते) एनफिल्डमा नयाँ सिजनको उद्घाटन खेल खेल्दै आफ्नो उपाधि रक्षा यात्रा सुरु गर्नेछ। २०१६–१७ पछि पहिलोपटक […]

June 18, 2025

इन्टर र मोन्टेरको बराबरी

एजेन्सी – इटालियन टोली इन्टर मिलानले च्याम्पियन्स लिग फाइनल हारेको पहिलो खेलमै बुधवार विश्वकपको उद्घाटन खेलमा मेक्सिकन क्लब मोन्टेरेसँग १-१ को बराबरीमा खेलेको छ । अनुभवी स्पेनी स्टार सर्जियो रामोसले पहिलो हाफमा एक शानदार हेडरमार्फत मोन्टेरेका लागि गोल गरे ।इन्टरका लागि लउटारो मार्टिनेजले पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्काए। ४२औं मिनेटमा कार्लोस अगस्टोको पासमा सहज […]

Success

Thank you for your time.