2 years ago
March 10, 2024
हिमाल खरेल, बिर्तामोड
झापा गोल्ड कपको छैंटौं संस्करणको सेमिफाइनल समीकरण पूरा भइसक्दा अहिलेसम्म टिकट बिक्रीबाट २१ लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ ।
आयोजक झापा गोल्डकप सचिवालयले टिकट विक्रीबाट ४६ हजार ९ सय रुपैयाँ संकलन भएको जनाएको छ ।प्रिक्वार्टर, क्वार्टर फाइनल खेलमा २ सय र सेमिफाइनलमा ३ सय रुपैयाँ टिकट दर तोकिएको थियो ।
सबैभन्दा बढी झापा ११ र चर्च ब्वाइज युनाइटेडबीचको अन्तिम सेमिफाइनल खेलमा ६ लाख ५० हजार ३ सय रुपैयाँ संकलन भएको थियो ।
त्यस्तै, उद्घाटन खेलमा संकटा क्लब र एपिएफ एफसीले प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा २ लाख ८५ हजार रुपैयाँ टिकट बिक्रीबाट संकलन भएको थियो । जसमा एपिएफ विजयी भयो ।
दोस्रो खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई पराजित गर्दा टिकट बिक्रीबाट १ लाख १० हजार ९ सय रुपैयाँ संकलन भएको थियो । अहिले चर्च ब्वाइज र एपिएफ गोल्ड कपको फाइनलमा प्रवेश गरेका छन् ।
तेस्रो खेलमा एपिएफले सर्लाहीको बागमती युवा क्लबलाई पराजित गर्यो । यस खेलमा १ लाख ५ हजार रुपैयाँको टिकट बिक्री भएको थियो ।
त्यस्तै, चौथो खेलमा न्यु रोड टिम (एनआरटी) लाई चर्च ब्वाइजले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको थियो । त्यो खेलमा ९५ हजार ५ सय रुपैयाँ संकलन भएको थियो ।
पाँचौँ खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले मछिन्द्र एफसीलाई पराजित गर्दा ३ लाख रुपैयाँबराबरको टिकट बिक्री भएको थियो ।
छैटौं खेलमा एन्फा मकवानपुरलाई झापा ११ एफसीले पराजित गरेको थियो । उक्त खेलमा २ लाख ५० हजार २ सय रुपैयाँ संकलन भएको सचिवालयले जनाएको छ ।
पहिलो सेमिफाइनल खेलमा तआर्मी र एपिएफबीच प्रतिस्पर्धा भएको थियो । जसमा एपिएफले बाजी मार्दै फाइनलमा प्रवेश गरेको छ ।
यसै दिन नारी दिवस भएकाले आयोजकले फुटबल खेल हेर्न आउने महिलाहरुलाई निःशुल्क प्रवेश गराएको थियो ।
आर्मी पाँचौँपटक उपाधि होडमा थियो तर एपिएफले बाजी मार्दा सेमिफाइनलबाटै बाहिरियो । यस खेलमा ३ लाख ५० हजार रुपैयाँ टिकट बिक्रीबाट संकलन भएको थियो ।
सोमबार एपिएफ र चर्च ब्वाइजबीच फाइनल खेल हुँदैछ । पाँचौँ संस्करणको फाइनल खेलमा २२ लाख ६४ हजार ९ सय ८० रुपैयाँ रकम टिकट बिक्रीबाट संकलन भएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]