2 years ago
March 13, 2024
हिमाल खरेल, बिर्तामोड
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका २३ सदस्यमा झापाका मात्र ७ खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले युवा खेलाडी समेट्दै राष्ट्रिय टोलीको मंगलबार घोषणा गर्दा झापाका ७ खेलाडी टोलीमा परेका हुन् ।
टोलीमा परेका झापाका ७ मध्ये ४ खेलाडी बिर्तामोड नगरपालिकाका हुन् । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार अभिषेक बराल, हिसुब थपलिया, विशाल बस्नेत र उत्सव राई बिर्तामोडका हुन् ।
त्यस्तै, अनन्त तामाङ र सौभाग्य राई (सञ्जीत) शिवसताक्षी नगरपालिकाका हुन् भने रोहण कार्की कनकाई नगरपालिकका हुन् ।
भिन्सेनजोले ६ नयाँ अनुहारलाई समेट्दै टोली घोषणा गर्दा झापाबाट पहिलोपटक ३ खेलाडीले स्थान बनाएका छन् ।
रोहण कार्की, विशाल बस्नेत र सञ्जीत राई पहिलोपटक राष्ट्रियमा छनोट भएका हुन् । अनन्त लामो समयदेखि टोली रहँदै आएका भरपर्दा डिफेन्डर हुन् । अभिषेक, हिसुब र उत्सव पछिल्लोपटक राष्ट्रिय टोलीमा रहँदै आएका छन् ।

गिरीका अनुसार अभिषेक सातदोबाटो, हिसुब जावलाखेल, विशाल खुमलटार, उत्सव मछिन्द्र, सञ्जीत हिमालयन शेर्पा, अनन्त चर्च ब्वाइज युनाइटेड र रोहण आरसी ३२ मा आबद्ध छन् । मलेसियाविरुद्ध शुक्रबार हुने खेलका लागि टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । टोलीमा रहेका प्रशिक्षकमा प्रवेश कटुवाल पनि झापाकै हुन् ।
त्यस्तै, फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणको दुवै खेल बहराइनमा खेल्नेछ । नेपाल र बहरायनबचि चैत ८ र चैत १३ गते खेल हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]