2 years ago
March 15, 2024
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । स्विट्जरल्यान्डको नियोनमा भएको ड्र समारोहका बीच अन्तिम आठका खेलहरूको टुंगो लागेको हो ।
गत संस्करणको विजेता म्यानचेस्टर सिटीले १४ पटकको विजेता रियल म्याड्रिडको सामना गर्ने भएको छ । गत संस्करणको सेमीफाइनलमा पनि यी दुई टोली आमने सामने भएका थिए । समग्रमा सिटी ५-१ ले विजयी भएको थियो ।
अर्को क्वाटरफाइनलमा पिएसजी र बार्सिलोना भिड्ने छन् । पछिल्लो पटक यी दुई टोली २०२१ मा अन्तिम १६ मा भिडेका थिए । सो टाईमा पिएसजी ५-२ ले विजयी भएको थियो ।
यस्तै अन्य दुई क्वाटरफाइनलमा आर्सनल र बायर्न म्युनिख भिड्दा एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमुन्ड भिड्ने छन् ।
सेमिफाइनलमा म्यानचेस्टर सिटी र रियल म्याड्रिड बीचको विजेताले आर्सनल र बायर्न म्युनिखको विजेता विरुद्ध खेल्नेछ । यस्तै पिएसजी र बार्सिलोना बीचको विजेताले एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमुन्ड बीचको विजेता विरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ ।
फाइनल इङ्ल्यान्डस्थित वेम्ब्ली स्टेडियममा हुनेछ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]