default_image

2 years ago

March 15, 2024

बागलुङ सुधार केन्द्रलाई जेसीज कप

404 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ

बागलुङ सुधार केन्द्रले अर्ना दोस्रो जेसीज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाली सेनाको श्रीमेहर गणलाई शुक्रबार फाइनल ३–२ ले हराउँदै बागलुङ सुधारल उपाधि जितेको हो ।

साविक विजेता समेत रहेको श्रीमेहरले २ गोलको अग्रता जोगाउन नसक्दा उपाधि रक्षाको मौका गुमाएको थियो । चौथो मिनेटमा यामलाल कंडेलले गोलमा श्रीमेहरले अग्रता लियो । लगत्तै बागलुङका वरदान निउरेले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोष्टमा लाग्दै बाहिरिएको थियो ।

२१ औं मिनेटमा कप्तान प्रकाश निरौलाले गोल गर्दै श्रीमेहरको अग्रता दोब्बर पारे । तर त्यो अग्रता लामो समय रहेन । २४ औं मिनेटमा बागलुङका क्यामरुनी खेलाडी साम्बा ओस्करले गोल अन्तर घटाए । आशिष केसीको फ्रिकिक बललाई अभिषेक रानाले हेडमार्फत ४९ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याए । थप समयको तेस्रो मिनेटमा वरदानले गोल गरेपछि बागलुङ विजयी भयो ।

उपाधिसहित बागलुङ सुधारले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो टोलीले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।
विधागत पुरस्कारमा पनि विजेता टोलीकै खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागलुङ सुधारका वरदान न्यूरे बने । उनले सेमिफाइनल र फाइनल खेलमा निर्णायक गोल गरेका थिए । बागलुङका साम्बो ओस्कर ५ गोलका साथ सर्वाधिक गोलकर्ता रहे ।

बागलुङकै मार्टो भेराटी उत्कृष्ट मिडफिल्डर र अशोक रेग्मी उत्कृष्ट गोलरक्षक चुनिए । श्रीमेहरका खुम कट्वाल उत्कृष्ट डिफेन्डर घोषित भए । यस्तै आदर्श स्पोर्टस क्लबका फिलिप्स भिक्टर उत्कृष्ट गोलकर्ता बनेका छन् । बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.