2 years ago
March 16, 2024
एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा अल नासरले साउदी प्रो लिगमा महत्वपूर्ण जित दर्ता गरेको छ ।
अल नासरले घरेलु टोली अल अहलीमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै महत्जवूर्ण ३ अंक बटुलेको हो । अल नासरको जितमा रोनाल्डोले ६८औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।
किङ अब्दुल्लाह स्पोर्ट्स सिटी जेदाहमा शुक्रबार राति भएको खेलको ४२औं मिनेटमा रोनाल्डोले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा अल नासरले अग्रता लिन सकेन । ५७औं मिनेटमा अल अहलीका रोबर्टाे फिर्मिनोले गोल गरेपनि उक्त गोलले पनि भिएआरबाट मान्यता पाएन ।
६३औं मिनेटमा रोजर इवानेजले पेनाल्टी बक्समा सामी अल नाजेइलाई फउल गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै अल नासरलाई पेनाल्टी प्रदान गर्दा रोनाल्डो चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा अल नासर विजयी हुन सफल भयो ।
यस जितले दोस्रो स्थानमा रहेको अल नासरको २४ खेलबाट ५६ अंक पुगेको छ । अल नासर शीर्षस्थानको अल हिलालसँगै ९ अंकले पछि छ । अल हिलालले एक खेल कम खेलेको छ । पराजित अल अहली २४ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा यथावत छ ।
प्रो लिगकै अर्काे खेलमा अल ताई र अल इत्तिफाक र अल फाया र अल रियादले समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]