2 years ago
March 17, 2024
एजेन्सी – पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भा चम्कँदा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटीले अन्तिम चारको यात्रा तय गरेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा सिटीको जितमा दुवै गोल पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको १३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । उनले रोड्रीको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि सिल्भाले ३१औं मिनेटमा रुवेन डियासको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
७२ प्रतिशत बल पोसेसन राख्दै पाहुना टोलीमाथि लगातार दवाव बढाएपनि सिटीले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । न्यूक्यासलले काउन्टर अट्याकमा केही प्रयास गरेपनि सफल हुन सकेन ।
यसअघि खेलको अन्त्यतिर दुई गोल गरेर वल्भ्सलाई ३–२ ले पराजित गर्दै च्याम्पियनसिप क्लब कोभेन्ट्री सिटीले सेमिफाइनलमा स्थान बनाएको छ । कोभेन्ट्रीको जितमा इलिस सिम्सले दुई तथा हाजी राइटले एक गोल गरे ।
वल्भ्सका रायन एइट नोउरी र ह्युगो बुएनोले गोल गरे । खेलको ५३औं मिनेटमा सिम्सको गोलबाट कोभेन्ट्रीले अग्रता लिएको थियो । त्यसपछि खेलको अन्त्यतिर चार गोल हुँदा कोभेन्ट्रीले बाजी मार्न सफल भयो ।
८३औं मिनेटमा रायन र ८८औं मिनेटमा ह्युगोले गोल गर्दा खेल वल्भ्सको पक्षमा पुगेको थियो । तर, इन्ज्युरी समयको थप गरिएको समयमा ३ मिनेटको अन्तरमा कोभेन्ट्रीले दुई गोल गर्दै नाटकीय जित निकाल्यो ।
इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा सिम्सले व्यक्तिगत र टोलीका लागि दोस्रो तथा १०औं मिनेटमा हाजीले गोल गरे । अर्काे क्वाटरफाइनलमा आज राति चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]