2 years ago
March 17, 2024
एजेन्सी – ब्राजिली फरवार्ड भिनिसियस जुनियर र उरुग्वेली मिडफिल्डर फेडरिको भाल्भेर्डेको सानदार प्रदर्शनमा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सहज जित हात पार्दै उपाधि यात्रालाई थप मजवुत बनाएको छ ।
रियलले घरेलु टोली ओसासुनामाथि ४–२ को सहज जित निकाल्दै उपाधि शीर्षस्थानमा १० अंकको अग्रता बनाउँदै उपाधि यात्रा थप मजवुत बनाएको हो ।
पाम्पलोनामा शनिबार राति भएको खेलमा रियलको सहज जितमा भिनिसियसले दुई तथा ड्यानी कार्भाजल र ब्राहिम डियाजले समान एक गोल गरे । भाल्भेर्डेले ३ असिस्ट प्रदान गरे । ओसासुनाका एन्टी बुडीमिर र इकर मुनोजले एक गोल फर्काए ।
खेलको चौथो मिनेटमा नै भिनिसियसको गोलबाट रियलले अग्रता लिन सफल भएको थियो । एलेहान्द्रो काटिनाबाट बल खोस्दै भिनिसियसले गोल गर्न सफल भएका थिए । तर, रियलको त्यो अग्रता लामो समय टिकेन ।
सातौं मिनेटमा एन्टीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । कर्नरबाट आएको बल क्लियर हुन नसक्दा क्लोज रेन्जमा रहेका ओसासुनाका सर्वाधिक गोलकर्ता एन्टीले सहजै गोल गरे ।

१८औं मिनेटमा कप्तान ड्यानी कार्भाजलले गोल गर्दै रियललाई २–१ ले अघि बढाए । भाल्भेर्डेको सुन्दर पासमा कार्भाजलले उस्तै सुन्दर फिनिस गर्न सफल भए । ४१औं मिनेटमा रियलका गोलरक्षक एन्ड्री लुनिनले अर्नेइजको प्रहारलाई विफल पारे ।
६१औं मिनेटमा ब्राहिम डियाजले गोल गर्द रियललाई ३–१ को अग्रता दिलाए । भाल्भेर्डेको लामो पासमा उनलै मैदानको लगभग मध्यभागबाट एक्लै बल अघि बढाउँदै गोल गर्न सफल भएका थिए ।
६४औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई सहज जिततर्फ अघि बढाए । रुडिगरबाट आएको पासलाई भाल्भेर्डेले चेस्टमार्फत चलाखी पूर्ण पास दिदा भिनिसियसले गरेको प्रहारले गोलरक्षक सजियो हेरेरालाई बिट गर्दै विस्तारै जाली चुम्दा जर्ज हररान्डोले बचाउने हर प्रयास गरेपनि सफल हुन सकेन ।
८८औं मिनेटमा रियलका लुकास भास्क्वेजको गोलले भिएआरबाट मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मुनोजले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको तेस्राे मिनेटमा आर्दा गुलरले गाेलरक्षक अघि बढेकाे अवस्थामा मैदानकाे मध्य भागबाट गरेकाे प्रहार क्रसबारमा लागेर फर्कदा रियलले गाेलअन्तर बढाउन सकेन ।
यस जितसँगै रियलले ला लिगामा आफ्नो अपराजित यात्रालाई २३ खेलसम्म लम्ब्याएको छ । २५ सेप्टेम्वर २०२३ मा शहरी प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग ३–१ ले पराजित भएयता रियल अपराजित छ । जसमा १७ जित र ६ बराबरीको नतिजा छ ।रियलले यो सिजन ला लिगामा २९ खेल खेल्दा २२ जित र ६ बराबरीको नतिजा निकाल्दा १ खेलमा मात्रै हार बेहोरेको छ ।
यस जितले रियलले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ । रियलको २९ खेलबाट ७२ अंक पुगेको छ । समान खेलबाट जिरोनाको ६२ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ६१ अंक छ । पराजिता ओसासुना ३६ अंक जोडेर ११औं स्थानमा छ ।
ला लिगाकै अर्काे खेलमा जिरोना घरेलु टोली गेटाफेसँग १–० ले स्तब्ध हुँदा शीर्षस्थानको रियलसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । अब एक खेल कम खेलेको बार्सिलोनाले आफ्नो खेलमा सफलता हात पारे जिरोना तेस्रो स्थानमा पुग्नेछ ।
ला लिगाकै अर्काे खेलमा मलोर्काले ग्रानडालाई १–० ले पराजित गरेको छ । यस्तै एथलेटिको क्लब बिल्वाअले डिपोर्टिभो एलाभेसलाई २–० ले हराएको छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]