default_image

1 month ago

March 19, 2024

पुलिससँग हारे पनि एभरेष्ट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपमा महिलातर्फ दोस्रो खेल जितेको छ। पुलिसले मंगलबार एभरेष्ट भलिबल क्लबलाई‌ ३-२ ले हराउँदै दोस्रो जित निकालेको हो । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ। पुलिसले एभरेष्टलाई २५-२७, २५-१८, २७-२५,२७-२५, १५-९ ले हराएको हो । सोही समूहमा त्रिभुवन आर्मीले पहिलो […]

2520 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपमा महिलातर्फ दोस्रो खेल जितेको छ।

पुलिसले मंगलबार एभरेष्ट भलिबल क्लबलाई‌ ३-२ ले हराउँदै दोस्रो जित निकालेको हो । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ। पुलिसले एभरेष्टलाई २५-२७, २५-१८, २७-२५,२७-२५, १५-९ ले हराएको हो ।

सोही समूहमा त्रिभुवन आर्मीले पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको चौथो दिन मंगलबारको‌ पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३-० ले हराएको थियो। आर्मी २५-१६,२५-२३, २५-७ ले विजयी‌ भएको थियो ।

पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि नेपाल पुलिस क्लबलाई जित्नै पर्ने हुन्छ। पुलिसले भने आर्मीविरुद्धको १ अंक जोडे सेमिफाइनल पुग्ने छ। पुलिसको‌ ५ र आर्मीको ३ अंक छ।

अर्को समूहमा एपिएफ र चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले समान १ खेल जितेका छन् । मधेशले एक खेल गुमाएको छ। महिलातर्फ समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। पुरुषतर्फ आज पनि ४ खेल हुनेछन् ।

पुरुषतर्फ अहिलेसम्म एपिएफ, सुदुरपश्चिम प्रदेश, पुलिस र  बुढानिलकण्ठ क्वाटरफाइनलमा पुगिसकेका छन्।
पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् ।

समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् ।

समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 27, 2024

राष्ट्रिय महिला भलिबलमा निरुता सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल एपिएफ क्लबकी स्पाइकर निरुता ठगुन्ना सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले सबै खेलमा सानदार प्रदर्शन गरेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले ५० हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेकी छिन् । व्यक्तिगत विधामा पनि च्याम्पियन एपिएफकै खेलाडीको वर्चश्व […]

April 27, 2024

पुलिसलाई हराउँदै एपिएफ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ समग्रमा छैटौंपल्ट च्याम्पियन बनेको हो । वर्ष २०८१ मा एपिएफको यो पहिलो उपाधि हो । एपिएफले गत वर्ष २०८० […]

April 27, 2024

कप्तान रोहितको शतकमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित कुमार पौडेलको शानदार शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको पहिलो खेलमा जित दर्ता गरेको छ । वेस्ट इन्डिज टोलीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई ४ विकेटको जितसम्म पुर्याए । नेपालले ६ विकेटको नोक्सानीमा […]

Success

Thank you for your time.