default_image

2 years ago

April 27, 2024

पुलिसलाई हराउँदै एपिएफ च्याम्पियन

2523 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ समग्रमा छैटौंपल्ट च्याम्पियन बनेको हो । वर्ष २०८१ मा एपिएफको यो पहिलो उपाधि हो । एपिएफले गत वर्ष २०८० मा चारपटक उपाधि र तीनपटक उपविजेता बनेको थियो । यसअघि लगातार पाँचपल्ट च्याम्पियन बनेको एपिएफ छ्रैटौं सस्करणमा भने उपविजेतामा सीमित बनेको थियो ।

त्यसबेला चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले एपिएफको विरासत तोड्दै पहिलो पटक फाइनल पुग्दा पहिलोमै च्याम्पियन बन्न सफल भएको थियो ।

यता, पुलिसले पाँचपल्ट फाइनल खेलेपनि उपाधि भने जित्न सकेन । पुलिस सबै पाँच संस्करणमा एपिएफसँग नै पराजित हुन पुगेको छ । पाँचौं संस्करणमा आर्मीले फाइनल खेलेको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएपनि पुलिसले अपेक्षाकृत खेल पस्कन नसक्दा खेल सोझो सेटमा नै सकियो । पुलिसले पहिलो र दोस्रो सेटमा एपिएफले बलियो चुनौती पेश गरेपनि तेस्रो सेटमा भने फितलो खेल पस्कियो ।

पहिलो सेटमा एपिएफ २५–२२ ले विजयी भयो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एक समय पुलिसले ११–५ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । एपिएफले पूनरागमन गर्दै खेललाई १२–१३ को स्थितिमा ल्याएर खेलमा फर्कने संकेत दिए । त्यसपछि पुलिसलाई १५–१५ को बराबरीमा भेट्टायाे ।

१९–१९ को बराबरीबाट एपिएफले २ अंकको अग्रता लिएपनि पुनः पुलिसले २२–२१ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा एपिएफलाई २४–२६ ले नतिजा सुम्पन पुग्यो ।

तेस्रो सेटमा भने पुलिसको प्रदर्शन फितलो रहँदा एपिएफले २५–१९ को सहज जित निकाल्न सफल भयो । एपिएफकी पुजा चौधरी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले ट्रफीसँगै १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

उपाधिसँगै एपिएफले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।

तेस्रो भएको चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले १ लाख २५ हजार रुपैयाँ तथा चौथो भएको आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गरेको छ । शनिबारै डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

शेर बहादुर खड्का स्मृति प्रतिष्ठानकाे आयाेजनामा १२ बैशाखबाट राउन्ड राेविन लिगकाे आधारमा शुरु भएकाे प्रतियोगितामा नेपालका शीर्ष चार महिला भलिबल टाेलीले सहभागिता जनाएका थिए ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुद परिषद बागमती प्रदेश र विभिन्न कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् । पुरस्कार राशि १३ लाख रुपैयाँ बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेको छ ।

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा हालसम्म च्याम्पियन
पहिलोमा एपिएफ विजेता, पुलिस उपविजेता
दोस्रोमा एपिएफ विजेता, पुलिस उपविजेता
तेस्रोमा एपिएफ विजेता, पुलिस उपविजेता
चौथोमा एपिएफ विजेता, पुलिस उपविजेता
पाँचौंमा एपिएफ विजेता, आर्मी उपविजेता
छैटौंमा न्यु डायमण्ड विजेता, एपिएफ उपविजेता
सातौंमा एपिएफ विजेता, पुलिस उपविजेता

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.