2 years ago
March 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली थ्री स्टार क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कपिलवस्तुको बुद्ध मैदानमा शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा थ्री स्टारले कपिलवस्तु ११ लाई ३–० ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । थ्री स्टारका निरज चौधरीले २ र दीपेश घलेले अर्को गोल गरेका थिए ।
निरजले ३२ औं मिनेटमा थ्री स्टारका लागि पहिलो गोल गरे । त्यसको तीन मिनेटपछि दीपेशले गोल गरेपछि थ्री स्टारले पहिलो हाफमा २–० को अग्रता बनायो । अर्को गोल निरजले ६३ औं मिनेटमा गरे ।
निरज नै खेलको म्यान अफ म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा आइतबार मछिन्द्र क्लब र हनामी बिएफसीबीच प्रतिस्पर्धा हुनेछ ।
चैत २४ गते सम्म चल्ने प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सहारा फुटबल एकेडेमी र सुदूरपश्चिम ११ पनि सहभागी छन् ।
प्रतियोगिताको विजेता टोलीले ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]