6 months ago
March 31, 2024
एजेन्सी – इन्ज्युरी समयमा लिएको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । युनाइटेड र ब्रेन्टफोर्डले १–१ को बराबरीले खेलेका छन् ।
इन्जुरी समयको छैटौं मिनेटमा मेसन माउन्टको गोलमा युनाइटेडले अग्रता लिएको थियो । कासिमारोको पासमा माउन्टले गोल गरेका थिए । तर त्यो अग्रता लामो समय टिकेन ।
ब्रेन्टफोर्डका लागि क्रिस्टिोफर अजेरले इन्ज्युरी समयको नवौं मिनेटमा बराबरी गोल गरेका थिए । इभान टोनीको पासमा अजेरले गोल गर्दै युनाइटेडलाई जितबाट रोकेका थिए ।
छैटौं स्थानमा रहेको युनाइटेडको २९ खेलबाट ४८ अंक पुगेको छ । बे्रन्टफोर्ड २७ अंकसहित १५औं स्थानमा छ ।
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ साफको तालिका अनुसार साफ वुमन्स च्याम्पियनसिप फुटबलको तयारी अघि बढिरहेको अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ।साफ कात्तिक १ देखि १४ गते सम्म दशरथ रंगशालामा हुँदैछ। दशरथ रंगशालाको स्तर सुधार गर्न समय अझै केहि दिन रहेको एन्फाले जनाएको छ। असोज १८ र १९ गते दशरथ रंगशालामा […]
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद )- सिस्नेरीको पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका ६ युवा खेलाडी मध्ये प्रियांश आचार्यको परिवारले घटनाको सत्यतथ्य छानबिन गरेपछि मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिने आर्थिक सहयोग बुझ्ने बताएको छ। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोली सोमवार धादिङ गल्छी गाउँपालिका ३ प्रियांशको घर पुग्दा उनको परिवारले तत्काल रकम लिन अस्वीकार […]
October 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फुटबल मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिताको आयोजनाका लागि […]