2 years ago
April 2, 2024
विराटनगर (हाम्रो खेलकुद)- ए डिभिजन टोली मच्छिन्द्र क्लब विराटनगरमा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
विराटनगरको सहिद मैदानमा मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा भारत कोलकाताको साउर्थन समिति एफसीलाई २–१ ले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो ।
मच्छिन्द्रको जितमा विदेशी खेलाडी स्टेफन विनोङ बने । टोलीका लागि दुवै गोल स्टेफनले गरे । प्लेयर अफ द म्याच बनेका स्टेफनले नगद ११ हजार रुपैयाँ पाए । कोलकाताका लागि सोनु हल्दारले गोल गरेका थिए फर्काए ।
स्टेफन विनोङले खेलको १० औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । मनिष डाँगीको पासमा स्टेफनले कोलकताका गोलकिपर सुरजक मल्किलाई विट गर्दै गोल गरेका हुन् ।
कोलकताका सोनु हल्दारले ३२ औ मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा १-१ को बराबरी भएको थियो। सत्रिय बक्सीको पासलाई सोनुले गोल गरेका थिए। खेलको ५५ औं मिनेटमा विनोङले गरेको अर्को गोल खेलको निर्णायक बनेको थियो। सनिश श्रेष्ठको पासमा स्टेफनले गोल गरेका हुन् ।

योसँगै विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। मच्छिन्द्रले बिहीबार सेमिफाइनलमा सिक्किम ड्रागन भारतको सामना गर्नेछ। अर्को सेमिफाइन यसअघि घरेलु टोली सांग्रिला मोरङ एफए र एपिएफ फुटबल क्लबबीच हुनेछ।
कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले थुप्रै अवसर पाएपनि फिनिसिङ कमजोर हुँदा पराजित हुनुपरेको बताए ।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले योजना अनुसार खेलाडीले आक्रमक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । उनले सेमिफाइनलमा विमल घर्तीमगर खेल्ने सम्भावना रहेको बताए । उनले भने ‘विमल हुँदा फरवार्ड लाइन थप मजबुत हुनेछ।’
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]