2 years ago
April 2, 2024
विराटनगर (हाम्रो खेलकुद)- ए डिभिजन टोली मच्छिन्द्र क्लब विराटनगरमा जारी आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
विराटनगरको सहिद मैदानमा मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा भारत कोलकाताको साउर्थन समिति एफसीलाई २–१ ले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो ।
मच्छिन्द्रको जितमा विदेशी खेलाडी स्टेफन विनोङ बने । टोलीका लागि दुवै गोल स्टेफनले गरे । प्लेयर अफ द म्याच बनेका स्टेफनले नगद ११ हजार रुपैयाँ पाए । कोलकाताका लागि सोनु हल्दारले गोल गरेका थिए फर्काए ।
स्टेफन विनोङले खेलको १० औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । मनिष डाँगीको पासमा स्टेफनले कोलकताका गोलकिपर सुरजक मल्किलाई विट गर्दै गोल गरेका हुन् ।
कोलकताका सोनु हल्दारले ३२ औ मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा १-१ को बराबरी भएको थियो। सत्रिय बक्सीको पासलाई सोनुले गोल गरेका थिए। खेलको ५५ औं मिनेटमा विनोङले गरेको अर्को गोल खेलको निर्णायक बनेको थियो। सनिश श्रेष्ठको पासमा स्टेफनले गोल गरेका हुन् ।

योसँगै विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। मच्छिन्द्रले बिहीबार सेमिफाइनलमा सिक्किम ड्रागन भारतको सामना गर्नेछ। अर्को सेमिफाइन यसअघि घरेलु टोली सांग्रिला मोरङ एफए र एपिएफ फुटबल क्लबबीच हुनेछ।
कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले थुप्रै अवसर पाएपनि फिनिसिङ कमजोर हुँदा पराजित हुनुपरेको बताए ।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले योजना अनुसार खेलाडीले आक्रमक खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । उनले सेमिफाइनलमा विमल घर्तीमगर खेल्ने सम्भावना रहेको बताए । उनले भने ‘विमल हुँदा फरवार्ड लाइन थप मजबुत हुनेछ।’
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]