default_image

2 years ago

April 3, 2024

अल नासरका रोनाल्डाेको अर्को ह्याट्रिक

2010 views

0 Bookmark

एजेन्सी – साउदी प्रो लिगमा अल नासरका क्रिस्टियानो रोनाल्डोले उच्च प्रदर्शनलाई जारी राखेका छन् । उनले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि अल नासरले मंगलबार अभालाई ८–० ले हराएको छ ।

उनले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेकी थिए । यसअघिको खेलमा पनि रोनाल्डोले ह्याट्रिक गरेका थिए । जारी सिजनमा उनको यो तेस्रो र समग्रहमा ६५औं ह्याट्रिक हो । त्यस्तै टोलीका लागि अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलइहिम र अब्दुल रहमान घारिबले मिान १ गोल गरे ।

११ औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले २१ औं मिनेटमा दोस्रो र ४४ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । त्यसअघि मानेले ३४ औं र सुलइहिमले ४५ औं मिनेटमा गोल गरेका थिए र अल नासरले पहिला हाफमै ५ –० को अग्रता बनाइसकेको थियो । घारिबले ५१ औं तथा अलिवाले ६३ औं र ८६ औं मिनेटमा गोल गरेपछि अल नासरकोले फराकिलो जित दर्ता गराएको थियो ।

साउदी प्रो लिग अंक तालिकाको दोस्रो स्थानमा रहेको अल नासरको २६ खेलमा ६२ अंक पुगेको छ । टोली शीर्षस्थानको अल हिलालको समान खेलमा ७४ अंक छ । भन्दा १२ अंकले पछाडी रहेको छ । १८ टोली रहेको प्रो लिगमा अभा २२ अंकसहित १७ औं स्थानमा छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.