default_image

2 years ago

April 3, 2024

एपिएफलाई हराउँदै सांग्रिला विराट गोल्डकपको फाइनलमा

837 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)- सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रिला मोरङ एफए आठौं विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती भएको पहिलो सेमिफाइनलमा एपिएफ फुटबल क्लबलाई सडनडेथमा हराउँदै सांग्रिला फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र थप ३० मिनेटमा गोलरहित तथा टाइब्रेकरमा ३–३ बराबरीपछि खेल सडनडेथमा पुगेको थियो गोल गरेका थिए ।

टाइब्रेकरमा आशिष चापागाई, अभिषेक लिम्बु, उमेश कार्की र किरन राईले गोल गरे । सांग्रिलाका विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार एपिएफका गोलकिपर एन्जल श्रेष्ठले बचाए ।

एपिएफका दिपेश धिमाल,कुलदिप कार्कीको प्रहार सांग्रिलाका गोलकिपर विशाल सुनारले रोके । एपिएफका अनिश महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरे।

सांग्रिलाले उपाधिको लागि मच्छिन्द्र क्लब र पाहुना टोली सिक्किम ड्रागन भारतमध्ये एक टोलीको सामना गर्नेछ ।
सांग्रिलाका गोलकिपर विशाल खेलको प्लेयर अफ द म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ पाए ।

सांग्रिलाका प्रशिक्षक रानु राना मगरले विभागीय टोली बलियो भएपनि पुरा समय आफ्नो टोली खेल नियन्त्रण गर्न सफल भएको बताए ।

‘निर्धारित समयमा गोल हुन नसक्नु हाम्रो पनि कमजोरी हो । आउँने म्याचमा सुधार गर्नेछौं,’ उनले भने, ‘दोस्रो सेमिफाइलनमा सिक्कमले जित हात पारे हामीलाई सहज हुने थियो ।’

एपिएफका प्रशिक्षक बुद्धिमान राईले निर्धारित समयमा खेलाडीहरुले पाएको गोल गर्ने अवसर चुकाउँदा पराजय भोग्नु परेको बताए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.