2 years ago
April 4, 2024
एजन्सी – इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कप क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।
लियोन मेस्सी विना घरेलु मैदानमा उत्रेको मियामीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा मोन्टेरेसँग २–१ ले पराजित भएको थियो ।
घरेलु मैदानमा टोमस एभिलेसको गोलबाट मियामीले १९ औं मिनेटमा अग्रता लिएको थियो । तर ६५ औं मिनेटमा १० खेलाडीमा सिमित भएपछि मियामीको प्रदर्शनमा असर परेको थियो । ६५ औं मिनेटमा डेभिड रुइजले दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा सिमित भएको थियो ।

६९ औं मिनेटमा म्याक्सिमिलियानो मेजाले बराबरी गोल गरेका थिए । खेल सकिन २ मिनेट बाँकी रहँदा जर्ज रोड्रिग्युजले गरेको गोल मोन्टेरेका लागि निर्णायक बनेको थियो । सन् २०२३ जुलाई मा मियामीमा आबद्ध भएयता मेस्सीले टोलीका १२ खेल गुमाइसकेका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]