2 years ago
April 5, 2024
विराटनगर (हाम्रो खेलकुद)– आठौं विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्नेमा दुवै टोली आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे सुरु हुने फाइनलमा ए डिभिजन टोली मछिन्द्र क्लब र घरेलु टोली सांग्रिला मोरङ एफएले उपाधिका लागि चुनौती पेश गर्नेछन् ।
विराटनगरमा शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्न प्रयास गर्ने बताएका छन्।मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले भने, ‘सिजनको तेस्रो उपाधिका रुपमा विराट गोल्डकप जित्ने लक्ष्यको साथ उत्रनेछौं । यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेका छौं ।’
पहिलो फाइनल पुग्ने लक्ष्य पूरा भएको उल्लेख गर्दै प्रशिक्षक न्यौपाने अब उपाधि जित्ने दोस्रो लक्ष्यका लागि प्रयास गर्ने बताए । उनले थपे, ‘एउटा लक्ष्य पूरा भयो अर्को शनिबार पूरा गर्नेछौं ।’ मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पहिलो पटक फाइनल पुगेकोले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाँउमा रहेको बताए । उनले भने ‘हामीलाई थाहा छ यो प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन राम्रो खेल्ने छौ ।’
सांग्रिलाका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘मच्छिन्द्र राम्रो टिम हो । अनुभवी खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौ,’ उनले भने, ‘हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’
रानामगरले टोली ४–४–२ को रणनीतिमा खेल्ने बताए । अधिकांश ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो तालमेल भएकाले च्याम्पियन बन्नेमा आफू ढुक्क रहेको उनले बताए ।
सांग्रिलाका कप्तान अभिषेक लिम्बुले घरेलु मैदान र दर्शकको साथमा उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधि जित्ने दाबी गरे । ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशावादी छौं,’ उनले भने, ‘अघिल्ला खेलको कमजोरी सुधारेर प्रदर्शन गर्ने र च्याम्पियन बन्नेछौं ।’
सांग्रिलाले विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र भुटानको आरटिसी एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइलनमा भुटानको आरटिसीलाई ३–२ गोलले हराएको सांग्रिलाले सेमिफाइनलमा एपिएफलाई सडनडेथमा पराजित गर्दै उपाधि नजिक पुगेको थियो ।
विराट गोल्डकपमा पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वाटरफाइनलमा कोलकाताका साउर्थन समिति २–१ र सेमिफाइनलमा सिक्किम ड्रागान भारतलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
२०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपका रुपमा आयोजित प्रतियोगिताको उपाधि भारतको कलकत्ताले जितेको थियो । घरेलु टोली मोरङ ११ लाई हराउँदै कलकत्ताले उपाधि जितेको थियो ।
२०१९ सालमा आयोजित महेन्द्र गोल्ड कपको उपाधि मोरङ ११ ले उपाधि जितेको थियो । गत वर्ष सातौं विराट गोल्डकपको उपाधि विराटनगर सिटीले जितेको थियो । भारत केरलाको लुका सकर क्लबलाई हराउँदै विराटनगर सिटी च्याम्पियन बनेको थियो ।
चैत १५ देखि सुरु भएको प्रतियोगितामा ३ विदेशीसहित १० टोलीको सहभागिता थियो । गोल्डकपको विजेताले ११ लाख र दोस्रो टोलीले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, सर्वाधिक गोलकर्ताले समान २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]