2 years ago
April 5, 2024
सुनिल गाउँले, सिमरा
जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करणको तयारी पूरा भएको छ । आयोजक नवजनजागृती युवा क्लबले सिमरामा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता शनिबार सिमरा रंगशालामा सुरु हुनेछ ।
क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले शुक्रबार साँझ ५ बजे प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा बारा जिल्लाका विभिन्न क्षेत्रबाट साँस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।
प्रतियोगिताको पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लब र वीरगञ्ज युनाईटेड क्लब बीचमा हुनेछ । फ्लड लाईटमा साँझ ६ः३० बजेबाट सुरु हुने प्रतियोगिताको एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने आयोजकले जनाएको छ ।
वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाइटेड, आर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ५ ‘ए’ डिभिजन टोलीसहित एपिएफ फुटबल क्लब, मकवानपुर ११ हेटौंडा, वीरगञ्ज युनाइटेड, सिराहाको सहलेश युवाक्लब र आयोजक नवजनजागृती युवा क्लब गरि १० टोलीको सहभागिता रहनेछ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोली ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलेसमान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
प्लेयर अफ दि म्याचको पुरस्कार प्रायोजन गरेको सिमरास्थित शुभारम्भ कलेज अफ म्यानेज्मेन्टका क्याम्पस प्रमुख शम्भु मण्डलले शिक्षाको अभिन्न अङ्ग खेलकुद पनि भएकाले जीतपुरसिमरा गोल्डकपसंग जोडिन पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि यसको निरन्तरता दिने बताए ।
रात्रीकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गतबर्षबाट फुड फेस्टिभल समेत सुरु गरेको आयोजकले यस बर्षपनि होटल तथा पर्यटन व्यवसायी संघ बारासंगको सहकार्यमा फुटलब संगै फुड फेस्टिभललाई निरन्तरता दिने जनाएको छ ।
जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि आरक्षण सिट सहित निशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताइएको छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]