2 years ago
April 6, 2024
विराटनगर (हाम्रो खेलकुद) – ए डिभिजन टोली मछिन्द्र क्लबले आठांै विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति भएको फाइनलमा घरेलु टिम सांग्रिला मोरङ एफएलाई २–० ले हराउँदै मच्छिन्द्र पहिलो पटक विराट गोल्डकप च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि थप ३० मिनेटमा मछिन्द्र २ गोल गर्न सफल भएको थियो । छिरिङ गुरूङ र हिसुब थपलियाले गोल गरेपछि मछिन्द्रले वर्षको तेस्रो उपाधि जितेको हो । ७ वटा गोल्डकपमा भाग लिएको मछिन्द्रले यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितेको थियो ।
थप समयको २३ औं मिनेटमा छिरिङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । सांिग्रलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै छिरिङले गोल गरेका हुने । हिसुबको कर्नरमा आएको बललाई सांग्रिलाका गोलकिपर विशाल पन्च गरेपछि राम्ररी क्लियर गर्न सकेनन् । त्यहि रिबाउन्डमा छिरिङले हेडमार्फत गोल गरे । थप समय सकिन १ मिनेट बाँकी रहँदा हिसुबले लामो दूरीबाट गोल गर्दै टोलीको जित निश्चित गरे ।
मछिन्द्रका लकेन लिम्बु फाइनलको प्येलयर अफ दी म्याच चुनिए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे । सांग्रिलाका महेन्द्र कार्की सर्वोत्कृष्ट खेलाडी चुनिए र उनले मोटरसाइकल प्राप्त गरे । मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर, सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । मछिन्द्रकै स्टेफन सर्वाधिक गोलकर्ता रहे । उनीहरुले समान २१ हजार रुपैयाँ पुरस्कार पाए ।
सांग्रिला मोरङका प्रशिक्षक रानु राना मगरले खेलाडी चोटग्रस्त हुँदा अन्तिम समयमा गोलको सामना गर्नुपरेको बताए । ‘कप्तान अभिषेक लिम्बु बाहिरिएपछि डिफेन्स लाइन फितलो भयो,’ उनले भने, ‘जसको कारणले पराजय भोग्नुपर्यो ।’ सांग्रिलाका कप्तान अभिषेकले मच्छिन्द्र बलियो टोली रहेको र आफूहरुले सक्दो प्रयास गर्दागर्दै पनि सफल हुन नसकेको बताए ।
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले भने, ‘ हामी खुसी रहेका छौ ।’ मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले घरेलु टोलीसँग खेल्न मानसिक रुपमा तयार भएरै उत्रिएको बताए । ‘दबाबका बाबजुद पहिलो पटक विराट गोल्डकपको उपाधि जित्नु गौरवको विषय हो,’ उनले भने, ‘ हामीले इतिहास पनि रचेका छौं ।’
मच्छिन्द्रले ट्रफीसहित ११ लाख र सांग्रिलाले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्बाङ्ग, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]