default_image

2 years ago

April 6, 2024

बायर्न म्युनिखको हारसँगै अपराजित लेभरकुसन उपाधिनजिक

1511 views

0 Bookmark

एजेन्सी – साविक विजेता बायर्न म्युनिखले हार बेहोर्दा बायर लेभरकुसन आफ्नो अपराजित यात्रा कायम राख्दै जर्मन बुन्डेसलिगाको उपाधि नजिक पुगेको छ ।

शनिबार बायर्न म्युनिखले हाइडेनहाइमको मैदानमा २-० को अग्रता लिनका बाबजुद ३-२ को हार बेहोरेको हो । यता लेभरकुसनले भने युनियन बर्लिनको मैदानमा १-० को जित दर्ता गर्दै लिगमा अपराजित यात्रा कायम राख्यो ।

ह्यारी केन र सर्ज जिनाब्रीको गोलमा बायर्नले पहिलो हाफमै २-० को अग्रता लिएको थियो । तर घरेलु टोलीका लागि टिम क्लाइनदेन्स्तले २ तथा केभिन सेसाले १ गोल गर्दै अप्रत्याशित जित दिलाए ।

यता लेभरकुसनले फ्लोरिएन विर्ट्जको गोलमा युनियन बर्लिनमाथि १-० को जित दर्ता गर्दै अंक तालिकामा १६ अंकको अग्रता दिलायो । लिगको ६ खेल बाँकी रहेको अवस्थामा लेभरकुसनले अब अर्को खेल जिते क्लब इतिहासको पहिलो शीर्ष लिग उपाधि जित्नेछ । यता बायर्नको लगातार ११ लिग उपाधिको सिलसिला भने पूर्णविराम लाग्नेछ ।

जाबी अलोन्सोको प्रशिक्षणमा रहेको लेभरकुसनले अर्को आइतबार वेर्डर ब्रेमनको सामना गर्दैछ । त्यसअघि बायर्न म्युनिखले शनिबार कोल्नलाई हराउन नसके आफ्नो खेल अगावै लेभरकुसनले जित्नेछ ।

लेभरकुसन यस सिजन अपराजित रहेको छ । तीन प्रतियोगिताको उपाधि दौडमा रहेको टोलीले जर्मन कपको फाइनल र युरोपा लिगमा क्वाटरफाइनल खेल्दैछ । यता बायर्नले भने लिगमा छैटौं हार बेहोरेसँगै उपाधिविहिन हुने डर बढेको छ । टोलीले अन्तिम आशा रहेको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आर्सनलको सामना गर्नेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.