default_image

2 years ago

April 7, 2024

एथलेटिको बिल्वाओ ४० वर्षपछि कोपा डेल रे च्याम्पियन

1285 views

0 Bookmark

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी मलोर्कालाई टाइब्रेकरमा पराजित गर्दै एथलेटिको बिल्वाओ ४० वर्षपछि कोपा डेल रेको च्याम्पियन बनेको छ ।

बिल्वाआले टाइब्रेकरमा ४–२ को जित निकाल्दै कोपा डेल रेको च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा १–१ र त्यसपछि अतिरिक्त समयमा पनि गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिदा बिल्वाओ सफल रह्यो ।

टाइब्रेकरमा बिल्वाओका राहुल गार्सिया, इकर मुनिएन, मकेल भेस्गा र एलेक्स बेरेनगुएरले गोल गरे । मलोर्काका भिडाट मुरिकि र एन्टोनियो सान्चेजले मात्रै गोल गर्न सफल भए । मनु मोरलेन्स र नेमान्जा राडोनजिकले गोल गर्न सकेनन् ।

त्यसअघि सेभियामा शनिबार राति भएको खेलमा २१औं समनेटमा ड्यानियल रोड्रिग्वेजको गोलबाट मलोर्काले अग्रता लिन सफल भएको थियो । ५०औं मिनेटमा ओइहान सान्सेटले बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समय र टाइब्रेकरमा लम्बिएको थियो ।

बिल्वाओको यो समग्रमा २४औं कोपा डेल रे उपाधि हो । बिल्वाओ ४० वर्षपछि कोपा डेल रेको च्याम्पियन बन्न सफल भएको हो । यसअघि बिल्वाओले सन् १९८३–८४ को सिजनमा उपाधि जितेको थियो ।

त्यसपछि बिल्वाओले यो सहित सातपल्ट फाइनल खेल्दा पछिल्ला ६ मा उपविजेतामा सीमित बन्न पुगेको थियो । बिल्वाओ पछिल्लो दुईसंस्करण उपविजेतामै सीमित बनेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.