default_image

2 years ago

April 8, 2024

हेटौंडालाई हराउँदै एपिएफ सिमरा गोल्डकपको सेमिफाइनलमा

1268 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

नेपाल एपिएफ फुटबल क्लब सिमरामा जारी जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरको छ ।

सिमरा रङ्गशालामा सोमबार राती भएको दोश्रो क्वाटरफाइनलमा मकवानपुर ११ हेटौंडालाई २–० ले हराउँदै एपिएफले अन्तिम चारको यात्रा तय गरेको हो । एपिएफको जितमा विके तामाङ र प्रदिप लामाले समान १ गोल गरे ।

हेटौंडा विरुद्ध शुरुदेखिनै आक्रामक खेल खेलेको एपिएफका लागि खेलको ३० औं मिनटमा विकेले गोल गर्दै अग्रता दिलाएका थिए । विश्वास उदासको क्रस बल सम्हाल्दै हेटौंडाका डिफेण्डर बिट गर्न सफल विकेले पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफ आफ्नो पक्षमा पार्न सफल एपिएफले खेलको ६८ औं मिनटमा अग्रता दोब्बर बनायो । एपिएफका प्रदिपले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । सुमन श्रेष्ठले प्रहार गरेको कर्नर बललाई पेनाल्टी बक्स भित्र सम्हाल्दै प्रदिपले गोल गरेका थिए ।

दोश्रो हाफमा एपिएएफ विरुद्ध केहि राम्रा अवसर बनाएर पनि फिनिसिङमा चुक्दा हेटौंडाको टोली प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले हेटौंडाका उत्कृष्ट प्रहारहरु विफल पारेका थिए ।

एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ प्लेयर अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ, ट्रफि प्राप्त गरे । आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत राजकुमार खतिवडा र शुभारम्भ कलेज अफ म्यानेज्मेन्टका अध्यक्ष लालप्रसाद पुडासैनीले एन्जललाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा मंगलबार दुई ‘ए’ डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । वीरगञ्जलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको आर्मीले विराट गोल्डकपको उपाधि जितेर सिमरा आएको मच्छिन्द्रले सिधै सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.