2 years ago
April 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार पहिलो चरणका अन्तिम दुई खेल सम्पन्न भएका छन् ।
सोमबार भएको दिनको पहिलो खेलमा गोलबजार स्पोर्ट्स क्लब र स्वयम्भू क्लब बीचको खेल २-२ को बराबरीमा सकिएको छ । गोलबजारले २-० ले पछि पारेको अवस्थाबाट खेलमा बराबरी गरेको हो ।
स्वयम्भूका लागि क्रमसः २३औं र ४९औं मिनेटमा सुगृत मगर र रंजन पुनले गोल गर्दै दुई गोलको दिलाएका थिए । तर गोलबजारका लागि ५५औं मिनेटमा आशा हाङ राई र इन्ज्युरी समयको पहिलो मिनेटमा सनम थापाले गोल गर्दै एक अंक दिलाउन सफल भए ।
यस्तै दिनको दोस्रो खेलमा स्पोर्ट्स एकेडेमी साँगाले झम्सिखेल युथ क्लब विरुद्ध १-० को जित दर्ता गरेको छ । साँगाका लागि खेलको ८४औं मिनेटमा सजन राज गौतमले खेलको एकमात्र गोल गरे ।
सि डिभिजन लिगमा भोलि मंगलबार कुनै पनि खेल रहेका छैनन् । बुधवार देखि भने दोस्रो चरणका खेलहरू सुरु हुनेछन् ।
सिंगल राउण्ड रोबिन ढाँचामा खेलाईने लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले ७ र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ । यस्तै उत्कृष्ट खेलाडीको ५०,००० रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५,००० रुपैयाँ पाउने छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]