default_image

2 years ago

April 10, 2024

बार्सिलोना र पिएसजीको क्वाटरफाइनल भिडन्त आज

795 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका पहिलो लेगका थप दुई खेल आज हुँदै छन् । राती १२:४५ बजे हुने पहिलो खेलमा स्पेनिश क्लब एफसी बार्सिलोनाले पेरिस सेन्ट-जर्मान (पिएसजी) विरुद्ध खेल्नेछ ।

पहिलो लेग पिएसजीको घरेलु मैदानमा हुँदैछ । पिएसजीले अन्तिम १६ मा अर्को स्पेनिश क्लब रियल सोसेईडाड लागि समग्रमा ४-१ लिए हराएको थियो । पिएसजीले पहिलो लेग २-० ले जितेको थियो भने दोस्रो लेगमा २-१ ले विजयी भएको थियो ।

उता बार्सिलोनाले भने इटालियन क्लब नापोलीलाई समग्रमा ४-२ ले पाखा लगाएको थियो । पहिलो लेग १-१ को बराबरीमा सकिएकोमा दोस्रो लेगमा बार्सिलोना ३-१ ले विजयी भएको थियो ।

यस्तै सोही समयमा अर्को। क्वाटरफाइनल खेलमा एट्लेटिको म्याड्रिड र बोरुसिया डर्टमुन्ड भिड्ने छन् । पछिल्लो चरणमा एट्लेटिकोले इन्टर मिलानलाई टाईब्रेकरमा पाखा लगाएको थियो । पहिलो लेगमा १-० ले पराजित भएपनि दोस्रो लेग २-१ ले जितेर खेल शूटआउटमा पुर्याएको थियो । शूटआउटमा स्पेनिश टोली ३-२ ले विजयी भएको थियो ।

डर्टमुन्डले भने डच टोली पिएसभी आइन्ढोभन माथि समग्रमा ३-१ को जित निकालेको थियो । पहिलो लेग १-१ को बराबरीमा सकिएकोमा दोस्रो लेग डर्टमुन्डले २-० ले जितेको थियो ।

हिजो भएका क्वाटरफाइनल खेलहरुमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले ३-३ को बराबरी खेले भने आर्सनल र बायर्न म्युनिखले २-२ को बराबरी खेले ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.