2 years ago
April 10, 2024
सुनिल गाउँले, सिमरा
विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको क्वाटरफाइनलमा पुलिसले आयोजक नवजनजागृती युवा क्लब सिमरालाई २–१ ले पराजित गर्दै पुलिसले अन्तिम चारमा पुगेको हो ।
पुलिसको जितमा दुवै गोल उज्वल राईले गरेका थिए । आयोजक टोलीका लागि मोहित गुरुङले पेनाल्टीमा गोल गरेका थिए ।
खेलको तेस्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनाएको थियो । आयोजकको समर्थनमा रंगशालामा उपस्थित झन्डै ८ हजार घरेलु दर्शकलाई निराश पार्दै पुलिसका लागि उज्वलले गोल गरे । आयोजकका डिफेण्डर बिट गर्न सफल सुजन मगरको पासमा उज्वलले गोल गरेका थिए ।
तर अग्रता लामो समय टिकेन । पाँचौ मिनटमा पेनाल्टी मार्फत गोल गर्दै आयोजक खेलमा फर्कियो । पुलिसका निरज खड्काले आयोजक टोलीका मोहित गुरुङलाई पेनाल्टी बक्स भित्र फाउल गरेपछि फिफा रेफ्री प्रज्वल थापामगरले आयोजकलाई पेनाल्टी दिएका थिए । मोहितले पेनाल्टीमा गोल गर्दै आयोजक टोलीलाई खेलमा फर्काएका थिए ।
खेलको १९ औं मिनटमा उज्वलले गोल गर्दै पुलिसलाई दोस्रो पटक अग्रता दिलाएका थिए । पेनाल्टी बक्स बाहिरबाट आयोजकका डिफेण्डर बिट गर्दै बल अघि बढाएका उज्वले गोल गरेका थिए । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा भएको गोलनै पुलिसको जितमा निर्णायक बन्यो । दुबै टिमले अन्तिमसम्म संघर्ष गरेका थिए ।
खेलमा दुबै टोलीले अवसरहरु सिर्जना गरेपनि गोल गर्न सकेनन् । ११ औं मिनटमा पुलिसका उज्वलले पेनाल्टी बक्समा पाएका अवसर खेर फाले । सुजन मगरको पासमा उज्वलले गरेको प्रहार फस्टबार नजिकबाट बाहिरिएको थियो । १२ औं मिनटमा आयोजकले गोल गर्ने अवसर गुमायो । निरज कार्कीले पुलिसका गोलरक्षक समेत विट गरिसकेको अवस्थामा गरेको प्रहार पुलिसका डिफेण्डर शिशिर चौधरीले उत्कृष्ट हेडिङ गर्दै गोललाईनबाट क्लिएर गरेका थिए ।
खेलको ८८ औं मिनटमा पुलिसका आशिष राईले वन भर्सेन वनको अवसर खेर फाले । सेन्टर लाईनबाट एक्लै बल अघि बढाएका आशिष फिनिसिङमा चुक्दा आयोजकका डिफेण्डरले रोक्न सफल भए ।
इन्ज्युरी समयमा बराबरी गर्ने अवसर आयोजकले सदुपयोग गर्न सकेन । विवेक गुरुङको पासमा मोहितको हेडिङ बल क्रसबार माथिबाट बाहिरीयो । पुलिसका उज्वल राई प्लेयर अफ दी म्याच घोषित भए र उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे ।
प्रतियोगितामा नेपाल एपिएफ फुटबल क्लब र फ्रेण्ड्स क्लबबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]