default_image

2 years ago

April 12, 2024

एपिएफ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

905 views

0 Bookmark

सुनिल गाउँले, सिमरा
एपिएफ फुटबल क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

तीव्र हावाका कारण बिहीबार स्थगित खेल शुक्रबार बिहान खेलाउँदा फ्रेन्डस क्लबलाई हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। अन्तिम क्वाटरफाइनलमा एपिएफ २-० ले विजयी भएको थियो।

बिहीबार ५८ औं मिनेटमा तीव्र गतिमा हावाहुरी चलेपछि खेल स्थगित गरिएको थियो। शुक्रबार त्यहिबाट खेलअघि बढाउँदै बाँकी ३२ मिनेट खेलाइएको थियो।
खेलको ७३ औं मिनटमा बुद्धिमान राईले गोल गर्दै एपिएफलााई अग्रता दिलाउन सफल भए ।

अनिश महर्जको पासमस बुद्धिमानले पेनाल्टी बक्स बाहिरबाटै सशक्त प्रहार गरेका थिए । बुद्धिमानको प्रहार गोलमा परिणत हुँदा फ्रेण्ड्सका गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै प्रयास गर्न पाएनन् ।

१–० ले पछि परेको फ्रेण्ड्स सम्हालिन नपाउँदै अनन्त तामाङको आत्मघाती गोलमा एपिएफको अग्रता दोब्बर बन्यो । एपिएफका अनिशको प्रहार क्लिएर गर्न खोज्दा अनन्तको खुट्टामा लागेर बल गोलमा परिणत भएको थियो । एपिएफका बुद्धिमान राई प्लेयर अफ दि म्याच चुनिए र उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरे ।

एपिएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमीफाइनल समीकरण समेत पूरा भएको छ । फाइनल प्रवेशका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग शनिबार सेमिफाइनल खेल्नेछ । शुक्रबार साँझ मच्छिन्द्र क्लब र सिराहाको सलहेश युवा क्लबबीच पहिलो सेमिफाइनल हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.