default_image

2 years ago

April 13, 2024

न्युक्यासलसँग टोटनहमको लज्जास्पद हार

539 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटनहमले न्युक्यासलसँग लज्जास्पद हार बेहोरेको छ। शनिबार भएको खेलमा न्युक्यासलले टोटेनहमलाई ४-० ले हराएको हो।

एलेक्जेन्डर इसकले २ गोल गरेको खेलमा एन्थोनी गोल्डेन र फाबियन सचर समान १ गोल गरे।
इसकले ३० औं मिनेटमा पहिलो गोल गरे भने त्यसको २ मिनेटपछि गोल्डेनले गोग थपेपछि पहिलो हाफमा न्युक्यासलले २-० को‌ अग्रता लिएको थियो।

५१ औं मिनेटमा इसकले अर्को गोल गरे भने सचरले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल गरेपछि टोटनहमले फराकिलो हार बेहोरेको हो।

३२ खेलपछि पाँचौं स्थानको‌ टोटमहमको ६० र छैंटौं स्थानको न्युक्यासलको ५० अंक छ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.