2 years ago
April 14, 2024
एजेन्सी – म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । सिटीले लुटन टाउनलाई ५–१ ले हराएको छ ।
सिटीका माटेओ कोभाए, एर्लिङ हालान्ड, जेर्मी डोकु र जाको गाभ्राडिओलले समान १ गोल गरे । लुटनका लागि रोस ब्राकलेले गोल फर्काए । सिटीले सुरुआती अग्रता आत्मघाती गोलबाट लिएको थियो ।
दोस्रो मिनेटमा लुटनका डेकी हिसाहोकाले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले अग्रता लिएको थियो । कोभाएले ६५ औं मिनेटमा जुलियन अल्भारेजको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
हालान्डले ७६ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि सिटीले अग्रता ३–० बनायो । ८१ औं मिनेटमा ब्राकलेले गोल गरेपछि लुटनले अन्तर घटाएको थियो । ८७ औं मिनेटमा जेर्मी र इन्ज्युरी समयमा ग्राभाडिओलले गोल गर्दै टोलीको जितलाई फराकिलो बनाएका थिए ।
शनिबार अन्य खेलमा नटिङघम फरेस्ट र वुल्भ्सले २–२ तथा बर्नली र ब्राइटनले १–१ को बराबरी खेलेका छन । ब्रेन्टफोर्डले सेफिल्ड युनाइटेडलाई २–० र न्युक्यासल युनाइटेडले टोटनहमलाई ४–० ले हराएको थियो ।
जितसँगै सिटी शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ३२ खेलबाट ७३ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्र्रो स्थानको आर्सनल र तेस्रो लिभरपुलको समान ७१ अंक छ । लुटन २५ अंकसहित १८ औं स्थानमा छ ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]