default_image

3 months ago

April 14, 2024

वर्षको पहिलो उपाधिमा मछिन्द्र र पुलिसको नजर

1023 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई ए डिभिजन टोली मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबले एकअर्काको सामना गर्नेछन् ।

सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राति हुने फाइनल जित्दै दुबै टोली उपाधिका साथ नयाँ वर्ष २०८१ को सुखद सुरुवात गर्न चाहन्छन् ।

पुलिस आठ वर्षपछि दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । मच्छिन्द्र भने पहिलो पटक उपाधि नजिक पुगेको हो । यसअघि छैठौं सिमरा गोल्डकपको फाइनल खेलेको पुलिस त्यति बेला त्रिभुवन आर्मी फुटबल क्लबसंग २–० ले पराजित भएको थियो ।

मछिन्द्र भने चौथो सिमरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको थियो । मनाङ मस्र्याङ्दी क्लबसंग १–० ले पराजित भएर फर्किएको मच्छिन्द्र १० वर्षपछि सिमरा आएको हो ।

अघिल्लो साता पिराट गोल्डकपको उपाधि लिएर सिमरा आएको मच्छिन्द्र मोफसलमा हुने प्रतियोगिताको चौथो उापधि हात पार्ने लक्ष्य सहित मैदानमा उत्रदै छ । ०८० मा आयोजना भएका मोफसलकै प्रतियोगितालाई लक्षित गरि चर्चित खेलाडीहरुलाई टोलीमा अनुबन्धन गरेको मच्छिन्द्रले विराट सहित मकवानपुरको बागमती गोल्डकप र काठमाडौंमा भएको केपी ओली कपको उपाधि जितेको थियो ।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरु उपाधि जित्नेमा विश्वस्त रहेको बताए ।‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौं, मोफसलकै प्रतियोगितालाई लक्षित गरि टिम निर्माण गरिएको छ ,’ न्यौपानेले भने ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले आफूहरु बर्षको दोश्रो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने बताए । वर्ष ०८० को सुरुवातमा वीरगञ्ज गोल्डकपको उपाधि जितेको पुलिस क्लब अघिल्लो साता प्रथम कपिलबस्तु तिलौराकोट गोल्डकपको फाइनलमा पराजित भएको थियो ।

पुलिसका प्रशिक्षक घिमिरेले बर्ष ०८० मा पुलिसका युवा खेलाडी सम्मिलीत टोलीले मोफसलका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेको बताउँदै जीतपुरसिमरा गोल्डकपको उपाधि सहित बर्ष ०८१ को सुरुवातका लागि आफूहरु उत्साहित रहेको बताए । ‘हाम्रा उर्जावान यूवाशक्तिले यस बर्ष सिमरा रङ्गशालामा इतिहास रच्नेमा विश्वस्त छु’ प्रशिक्षक घिमिरेले भने ।

पुलिसले फाइनल खेलमा शिशिर चौधरीलाई गुमाउनेछ । दोहोरो पहेलो कार्डका कारण शिशिरले फाइनल खेल्न पाउने छैनन् । शिशिरले एपिएफविरुद्धको सेमिफाइनल खेलमा गोल लाइनबाट बल क्लियर गर्दै टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

मछिन्द्रमा स्टार खेलाडी विमल घर्तिमगर, मनिष डांगीलगायत सम्मिलित टोलीमा कुनै परिवर्तन हुने छैन । मच्छिन्द्रका प्रशिक्षक न्यौपानेले आयुष घलान टिममा थपिने सम्भावना रहेपनि निश्चित भने नभएको जानकारी दिए ।

यसअघिका खेलमा उत्कृष्ट प्रदर्शन गरेका दुबै टिमलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ । मच्छिन्द्रले आफनो पहिलो खेलमा आर्मीलाई १–० र सेमिफाइनलमा सलहेश युवा क्लब सिराहालाई २–० ले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।

पुलिसले भने क्वार्टरफाईनलमा आयोजक सिमरालाई २–१ र सेमिफाइनलमा एपिएफ क्लबलाई ३–२ ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । आइतबार विहान भएको पत्रकार सम्मेलनमा उपस्थित मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ र पुलिसका कप्तान रामचन्द्र वाजे दुबैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार रहेको बताए ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबको प्रमूख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजनजागृति यूवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए । फाइनल खेलमा करिब १५ हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले राखेको छ ।

तीन बर्षदेखि फ्लड लाइटमा खेल सञ्चालन भइरहेको सिमरा रङ्गशालामा दर्शकको उपस्थिती उत्साहजनक रुपले बढेको आयोजक क्लबका अध्यक्ष लामाले बताए ।

जीतपुरसिमरा गोल्डकपको हाल सम्मका विजेता
२०७९- चर्च ब्वाईज युनाईटेड
२०७८ – न्युरोड टिम एनआरटी
२०७७ – संकटा क्लब
२०७५ – थ्रीस्टार क्लब
२०७४ – त्रिभुवन आर्मी
२०७३ – संकटा क्लब
२०७२ – विजय युथ क्लब हेटौंडा
२०७१ – त्रिभुवन आर्मी क्लब
२०७० – नव जनजागृति युवा क्लब सिमरा
२०६९ – मनाङ मस्र्याङदी क्लब
२०६८ – मनाङ मस्र्याङदी क्लब
२०६७ – हिमालयन शेर्पा क्लब
२०६६ – मजदुर सहिद स्मृति क्लब

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.