2 years ago
April 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सि’ डिभिजन लिगमा आईतवार भएका खेलमा मनोहरा युथ क्लब र झम्सिखेल युथ क्लब विजयी भएका छन् ।
दिनको पहिलो खेलमा मनोहराले स्पोर्ट्स एकेडेमी साँगा माथि ३-२ को जित हासिल गरेको हो । मनोहराको जितमा उत्तम शाही, विशान्त मगर र आविष्कार खड्काले समान १-१ गोल गरे । साँगाका लागि स्यामुएल सुनार र विकास परियारले १-१ गोल फर्काएका थिए ।
पहिलो खेलमा हार बेहोरेको मनोहराले २ खेलमा ३ अंक बटुलेको छ । साँगाको पनि २ खेलमा ३ अंक रहेको छ ।
यस्तै दिनको दोस्रो खेलमा झम्सिखेलले गोलबजार स्पोर्ट्स क्लब माथि ४-० ले हरायो । झम्सिखेलका लागि ओम धामी, सञ्जय रम्तेल, अजय वाइबा र विक्की महर्जनले १-१ गोल गरे ।
दुई खेलमा झम्सिखेलले पहिलो अंक हासिल गरेसँगै ३ अंक पुगेको छ । गोलबजारको भने २ खेलमा १ अंक रहेको छ ।
सि डिभिजनमा सोमबार कुनै खेल रहेका छैनन् । पर्सि हुने पहिलो खेलमा आरसी ३२ फुटबल एकेडेमी र महावीर क्लब भिड्दा सामाजिक युथ क्लब र बागमती युथ क्लब भिड्ने छन् ।
सिंगल राउण्ड रोबिन ढाँचामा खेलाईने लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले ७ र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ । यस्तै उत्कृष्ट खेलाडीको ५०,००० रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५,००० रुपैयाँ पाउने छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]