default_image

2 years ago

April 14, 2024

लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि

2321 views

0 Bookmark

एजेन्सी – जाभी अलोन्सोको प्रशिक्षणमा रहेको बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ । आईतबार वेर्डर ब्रेमन माथि ५-० को सहज जित संगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो ।

लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक-एक गोल गरे ।

९०औं मिनेटमा विर्ट्जले गोल गरेपछि समर्थकहरुले मैदान प्रवेश गरेपछि रेफ्रीले खेल अन्त्य गरेका थिए । लेभरकुसन यस सिजन अपराजित रहेको छ ।

लेभरकुसनको जित संगै बायर्न म्युनिखको ११ लगातार लिग उपाधि यात्रापछि पूर्णविराम लागेको छ । २०११-१२ को सिजनमा बोरुसिया डर्टमुण्डले लिग तालिका जितेयता बायर्नले लगातार लिग तालिका जित्दै आएको थियो ।

लेभरकुसनको २९ खेलमा २५ जित र ४ बराबरी सहित ७९ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बायर्नको २९ खेलमा ६३ अंक रहेको छ । दुवै टोलीले समान ५ लिग खेल बाँकी रहेको छ ।

तीन प्रतियोगिताको उपाधि दौडमा रहेको टोलीले जर्मन कपको फाइनल र युरोपा लिगमा क्वाटरफाइनल खेल्दैछ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.