2 years ago
April 16, 2024
सुनिल गाउँले, सिमरा
नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ ।
निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर अमित टमाटाले दुई पेनाल्टी रोकेपछि पुलिस जीतपुरसिमरा गोल्डकपको च्याम्पियन बनेको थियो । ८ वर्षपछि फाइनल पुगेको पुलिस विजेता बन्न सफल भएको हो । छैटौं संस्करणको फाइनलमा पुलिस आर्मीसँग पराजित भएको थियो ।
सोमबार फाइनल पेनाल्टी सुट आउटमा जाने सम्भावना देखेपछि पुलिसका प्रशिक्षक चेतन घिमिरेले सन्चित श्रेष्ठको ठाँउमा अमितलाई पठाएका थिए । अमितरले मच्छिन्द्रका सौरभ लिम्बु र चन्दन दासको प्रहारलाई रोकेका थिए । मच्छिन्द्रका विशाल तामाङ, दिवाकर चौधरी, सनिस श्रेष्ठले गोल गरे । पुलिसका लागि कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर, आशिष राईले गोल गरेका थिए ।
मच्छिन्द्र निर्धारित समयको अन्त्यतिर ९ खेलाडीमा सिमित भएको थियो । उत्सव राईले ८४ औं मिनेटमा सिधै रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो । ८८ औं मिनेटमा मनिष डाँगीले ८८ औं मिनेटमा दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो ।
पुलिसका अमित फाइनलका प्लेयर अफ दी म्याच घोषित भएका थिए । पुलिसका सन्जित उत्कृष्ट गोलकिपर घोषित भए । पुलिसका उज्वल राई र वीरगन्जका फागुराम चौधरी समान २ गोलका साथ उच्चगोल कर्ता बने । उत्कृष्ट र उच्चगोलकर्ताले समान २५ हजार रुपैयाँ प्राप्त गरे । मच्छिन्द्रका विमल घर्तीमगर सर्वोत्कृष्ट खेलाडी घोषित भए र उनले टिभिएसको स्कुटी प्राप्त गरे ।
नव जनजागृती युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता पुलिसले ट्रफीसहित १० लाख र मच्छिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गर्यो । सांघीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान), महानायक राजेश हमाललगायतले पुरस्कृत गरे ।
जीतपुरसिमरा गोल्डकपको हाल सम्मका विजेता
२०८० – नेपाल पुलिस क्लब
२०७९– चर्च ब्वाईज युनाईटेड
२०७८ – न्युरोड टिम एनआरटी
२०७७ – संकटा क्लब
२०७५ – थ्रीस्टार क्लब
२०७४ – त्रिभुवन आर्मी
२०७३ – संकटा क्लब
२०७२ – विजय युथ क्लब हेटौंडा
२०७१ – त्रिभुवन आर्मी क्लब
२०७० – नव जनजागृति युवा क्लब सिमरा
२०६९ – मनाङ मस्र्याङदी क्लब
२०६८ – मनाङ मस्र्याङदी क्लब
२०६७ – हिमालयन शेर्पा क्लब
२०६६ – मजदुर सहिद स्मृति क्लब
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]