2 years ago
April 17, 2024
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको म्याड्रिड माथि समग्रमा ५-४ को जित निकाल्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगमा २-१ को हार बेहोरेको डर्टमुण्डले दोस्रो लेगमा मंगलबार ४-२ को जित दर्ता गर्दा अन्तिम चारमा पुगेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगको ३४औं मिनेटमा जुलियन ब्रान्ड्टको गोलमा डर्टमुण्डले दोस्रो लेगमा अग्रता लिँदै समग्रमा २-२ को बराबरी गर्यो ।
त्यसको पाँच मिनेट पछि लेफ्ट-ब्याक इयन माट्सेनले दोस्रो गोल गर्दै समग्रमा घरेलु टोली डर्टमुण्डले अग्रता लिन सफल भयो ।
४९औं मिनेटमा आत्मघाती गोलको मद्दतमा एट्लेटिको म्याड्रिडले समग्रमा टाईमा बराबरी गर्यो । कर्नर किकमा मारियो हर्मोसोको हेडर पश्चात म्याट्स हुमेल्सले आत्मघाती गोल गरे ।
६४औं मिनेटमा एट्लेटिकोले अर्को गोल गर्यो । रोमान रिकेल्मेको प्रहार डर्टमुण्ड गोलरक्षक कोबेललें बचाएपछि एन्जल कोरेयाले दोस्रो पटकमा गोल गर्दै एट्लेटिको लाई समग्रमा अग्रता दिलाए ।
७१औं मिनेटमा डर्टमुण्डका निकोलास फुलक्रुगले हेडर मार्फत गोल गर्दै पुनः समग्रमा बराबरी गरे । त्यसको तीन मिनेट पछि डर्टमुण्डले अर्को गोल गर्यो ।
मार्सेल साबिट्जरले बक्सको छेउबाट गरेको लो-ड्राइवलाई एट्लेटिको गोलरक्षक ज्यान ओबल्याकलिए बचाउन नसकेपछि पुनः डर्टमुण्ड समग्रमा अगाडि पुग्यो । अन्त्यमा सोही गोल डर्टमुण्डलाई प्रतियोगितामा जीवित राख्न पर्याप्त बन्यो ।
डर्टमुण्डले अब फाइनल प्रवेशका लागि फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन(पिएसजी) विरुद्ध खेल्नेछ । पिएसजी अर्को स्पेनिस टोली बार्सिलोना माथि समग्रमा ६-४ को जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
च्याम्पियन्स लिगमा बुधबार राती थप दुई क्वाटरफाइनल दोस्रो लेगमा खेलहरु हुनेछन् । रियल म्याड्रिडले म्यानचेस्टर सिटीको सामना गर्दा आर्सनल र बायर्न म्युनिख भिड्ने छन् । दुवै खेलको पहिलो लेग बराबरीमा सकिएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]