2 years ago
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो ।
सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल गरेका थिए ।
जित सँगै सानेपाको ३ खेलमा ४ अंक पुगेको छ । यस्तै पराजित स्वयम्भूको ३ खेलमा १ अंक मात्र रहेको छ ।
त्यसअघि दिनको पहिलो खेलमा समाज कल्याण खेलकुद केन्द्र र खालीबारि युथ क्लबले १-१ को बराबरी खेले । समाज कल्याणका लागि निरज परियारले एक गोल गरे भने खालीबारीका लागि रोनल राईले गोल गरे ।
बराबरी पछि समाज कल्याणको ३ खेलमा ५ अंक भएको छ भने खालीबारीको ३ खेलमा २ अंक भएको छ ।
सो डिभिजनमा बिहीबार दुई खेल हुँदै छन् । दिनको पहिलो खेलमा १ बजे पुल्चोक स्पोर्ट्स क्लब र झम्सिखेल युथ क्लब भिड्ने छन् भने ४:१५ बजे रानीवन स्पोर्ट्स क्लब र स्पोर्ट्स एकेडेमी साँगा भिड्ने छन् ।
सिंगल राउण्ड रोबिन ढाँचामा खेलाईने लिग विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुने टोलीले ७ र तेस्रो हुने टोलीले ५ लाख पुरस्कार पाउने छ । यस्तै उत्कृष्ट खेलाडीको ५०,००० रुपैयाँ पाउने छन् भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३५,००० रुपैयाँ पाउने छन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]