default_image

2 years ago

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

1351 views

0 Bookmark

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल फयाका फेसन सकलाको गोल सान्त्वना बन्यो ।

अल अवाल पार्कस्थित किङ साउद युनिभर्सिटी रियादमा शुक्रबार राति भएको खेलको छैटौं मिनेटमा फेसन सकलाले गोल गरेपछि अल नासर खेलमा पछि पर्यो ।

४२औं मिनेटमा पेनाल्टीको अवसर पाएपनि माने असफल हुँदा अल नासर खेल बराबरी गर्नबाट चुक्यो । त्यसपछि अल नासरले १० मिनेटको अन्तरमा तीन गोल गर्दै खेलमा ३-१ को अग्रता कायम गर्यो । अल नासरले बराबरी गोलको लागि ७२औं मिनेटसम्म कुर्नुपर्यो ।

७२औं मिनेटमा अब्दुलेह अल एम्रीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । उनले एलेक्स टेलासको पासलाई सदुपयोग गरे । ७६औं मिनेटमा मानेले गोल गरेपछि अल नासरले खेलमा २-१ को अग्रता लिन सफल भयो । उनले ओटाभियोको पासमा गोल गर्न सफल भए ।

८२औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई पूनरागमन जित दिलाए । उनले यसपटक अब्दुल्लाह अल्खाइवारीको पासलाई सदुपयोग गरे ।

खेलको अन्त्यतिर भने पाहुना टोली अल फया १० खेलाडीमा समेटियो । ८८औं मिनेटमा फेसन सकला सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

प्रतिबन्धका कारण भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डो अल फयाविरुद्ध टोलीमा थिएनन् । चोटका कारण अर्का फरवार्ड एन्डर्सन टलिस्का पनि टोलीमा थिएनन् । तर, पनि अल नासरले पूनरागमन जित निकाल्न सफल भयो ।

यस जितले अल नासर २८ खेलबाट ६८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । अल नासर शीर्षस्थानको अल हिलालसँग ९ अंकले पछि छ । अल हिलालले एक खेल कम खेलेको छ । पराजित अल फया २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा छ ।

साउदी प्रो लिगकै अन्य खेलमा अल फाते एफसीले अल रेइडलाई ३-१, अल सवावले अभालाई ५-० ले तथा अल ताईले अल रियादलाई २-१ ले पराजित गरेको छ । अल तावन र अल खालिजले १-१ गोलको बराबरी खेलेका छन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.