default_image

2 years ago

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

806 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ ।

एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो ।

सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले २३ वर्षीय हालान्डलाई बाहिर निकाल्न आग्रह गरेका थिए। ‘हामी हेर्नेछौं ,’ स्पेनिस प्रशिक्षक पेपले वेम्बलीमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीको सामना गर्न हालान्डको उपलब्धता बारे भने ।

‘यो एक कठिन खेल थियो, दुवै टोलीले तीब्र फुटबल खेलिरहेका थिए । त्यसमा एर्लिङले केहि असहज महसुस गरे, उनलाई मांसपेशीको समस्या देखिदा उनी आँफैले खेल्न नसक्ने बताएपछि डाक्टरको सल्लाहमा उनलाई बाहिर राख्यौं,’ पेपले भने ।

‘हामीले यस सिजनमा जति खेल खेलिरहेका छौं, यो सामान्य हो… तिनीहरू मानव हुन् । तिनीहरू मेसिन होइनन् । हामी यसमा अभ्यस्त छौं । हामीसँग अर्को विकल्प छैन । प्रिमियर लिगमा ६ खेलहरू बाँकी छ । हामीले उत्कृष्ट प्रदर्शन गर्यौं तर, हामीले जित्न सकेनौं । पेपले थपे ।

यता, चेल्सीका प्रशिक्षक मौरिसियो पोचेटिनो सिटीविरुद्ध जित निकाल्नेमा आशावादी देखिएका छन् । यो सिजन लिगमा चेल्सीले सिटीसँग ४–४ र १–१ गोलको को बराबरी खेलेको छ।

सिजनको सुरुमा कारबाओ कपको फाइनलमा लिभरपुलसँग पराजित भएको चेल्सीमा मिडफिल्डर एन्जो फर्नान्डेज र विंगर रहिम स्टर्लिङ चोटबाट पूनरागमन गर्ने तयारीमा छन् ।

‘हामीलाई राम्रोसँग थाहा छ, जब तपाईं च्याम्पियन्स लिगमा १२० मिनेट खेल्नुपर्छ, रिकभर गर्न सधैं सजिलो हुँदैन ,’ पोचेटिनोले भने, ‘यो सिटीका लागि कठिन हुनेछ, जस्तै यो हाम्रो लागि हुनेछ । तर हामीले सम्झनुपर्छ कि उनीहरुसँग अविश्वसनीय टोली छ ।’

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.