2 years ago
April 21, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली टिडब्ल्यु विराटनगरलाई हराउँदै झापाको कनकाई स्पोर्टिङ क्लब चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।
विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा टिडब्ल्युलाई २–१ हराउँदै कनकाई अन्तिम चारमा पुगेको हो । कनकाईका लागि दुवै गोल सन्दीप रसाइलीले गरेका थिए । सन्दीप रसाइली खेलको म्यान अफ दी म्याच घोषित भए । टिडब्ल्युका आशिष राईले गोल गरेका थिए ।
कनकाइले पूनरामगन जित निकालेको थियो । २७ औं मिनेटमा आशिषको गोलबाट टिडब्ल्युले अग्रता लिएको थियो । झापाका खेलाडीको खुट्टामा लागेर रिबाउन्ड भएको बललाई आषिकले गोल गरेका थिए । ५० औं मिनेटमा सन्दीपले बराबरी गोल गर्दै कनकाईलाई खेला फर्काएका थिए ।
निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा आषिशले गोल गरे र खेलको निर्णायक त्योहि गोल रह्यो । श्याम मुर्मुलाई टिडब्ल्युका खेलाडीले डिबक्स फाउल गरेपछि रेफ्री मदन काफ्लले कनकाईलाई पेनाल्टी दिएका थिए ।

नवौं मिनेटमा टिडब्ल्युका मनोज खड्काले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहारलाई कनकाईका गोलकिपर सन्तोष दनवारले पन्च गर्दै बल बार माथिबाट पठाए । ११ औं मिनेटमा कनकाईका श्यामको प्रहार टिडब्ल्युका गोलकिपर पूर्ण च्याम्जुङले रोके । ४१ औं मिनेटमा कनकाइका श्यामले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार बाहिरियो ।
कनकाइले बुधबार हुने पहिलो सेमिफाइनल एपीएफ फुटबल क्लबको सामना गर्नेछ । प्रतियोगितामा सोमबार अन्तिम क्वारटफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर र पूर्व विजेता गोलबजार स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]