2 years ago
April 21, 2024
सुर्खेत (हाम्रो खेलकुद)– गण्डकी प्रदेशले महिला लिग छनोटमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । सुर्खेतस्थित प्रदेश रंगशालामा आइतबार भएको एक माात्र खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ४–२ ले हराएको छ ।
गण्डकीका लाग संगिता विक र सुक्रिया मियाले तथा लुम्बिनीका लागि कप्तान ममता पुनले समान २ गोल गरेका थिए ।
संगिताको गोलबाट नवौं मिनेटमा गण्डकीले अग्रता लिएको थियो । लुम्बिनीकी ममताले १७ औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिइन् ।
२८ औं मिनेटमा सुक्रियाले गोल गर्दै पहिलो हाफमा गण्डकी २–१ ले अगाडि लागेको थियो । ४७ औं मिनेटमा संगिताले गोल गरेपछि गण्डकी थप मजबुत बनेको थियो । सुक्रियाले ७६ औं मिनेटमा अर्को गोल गरेपछि गण्डकी ४–१ ले अघि बढेको थियो । खेल सकिन ७ मिनेट बाँकी रहँदा लुम्बिनीका लागि ममताले अर्को गोल गरेपनि त्यसले नतिजामा फरक परेन ।

७ प्रदेशको सहभागिता रहेको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधये प्रदेशले आ आफ्नो पहिलो खेल जितेका थिए । पहिलो दिन शुक्रबार सुदूरपश्चिमले गण्डकीलाई ५–० ले र सोही दिन कोशीले कर्णाली प्रदेशलाई ३–० ले पराजित गेको थियो ।
दोस्रो दिन शनिबार मधेशले बागमती प्रदेशलाई ४–० ले हराएको थियो । छनोटमा सोमबार सुदूरपश्चिम र कोशी तथा कर्णाली र मधेशबीच प्रतिस्पर्धा हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]