default_image

2 years ago

April 22, 2024

‘एल क्लासिको’ मा रियलको‌ जित

1083 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । आइतबार भएको खेलमा जुड बेलिङ्घमले इन्ज्युरी समयमा गरेको निर्णायक गोलमा रियलले बार्सिलोनालाई ३-२ ले हरायो छ।

बार्सिलोनाले दुई पटकको अग्रता जोगाउन सकेन। छैटौं मिनेटमा आन्द्रे क्रिष्टिन्सनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले राफिन्हाको कर्नरलाई हेडरमार्फत गोलमा परिणत गरे । तर, १८औं मिनेटमा रियलले पाएको पेनाल्टीलाई भिनिसियस जुनियरले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

लुकास भाज्क्वेजलाई डिबक्सभित्र फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको ६९औं मिनेटमा फर्मिन लोपेजले गोल गरेपछि बार्सिलोनालाई दोस्रो पटक अग्रता लियो ।

त्यो अग्रता पनि लामो समय टिक्न सकेन । ७३औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए । जुनियरको चलाखीपूर्ण पासमा कसैको निगरानीमा नरहेका भाज्क्वेजले गोल गरेपछि खेल थप रोमाञ्चक बनेको थियो।

इन्ज्युरी समयको दोस्रो मिनेटमा बेलिङ्घमले गोल गर्दै रियललाई घरेलु मैदान सान्टियागो बर्नाबाउमा जित दिलाए । जितपछि रियलले ३२ खेलबाट ८१ अंक जोड्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । समान खेलमा बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.