default_image

2 years ago

April 22, 2024

कोशीको दोस्रो जित

712 views

0 Bookmark

सुर्खेत ( हाम्रो खेलकुद) – कोशी प्रदेशले एन्फा महिला लिग छनोटमस दोस्रो जित हासिल गरेको छ ।

कर्णाली प्रदेश रंगशालामा सोमबार कोशीले सुदूरपश्चिम प्रदेशलाई २-१ ले हराएको हो ।

कर्णालीको जित दिलाउन दुवै गोल समिक्षा मगरले गरिन्। नवौं मिनेटमा समिक्षाले पहिलो गोल गरेकी थिइन्। इन्ज्युरी समयमा उनले अर्को गोल गरेपछि कोशी पहिलो हाफमा २-० ले अगाडि रह्यो।

दोस्रो हाफ सुरू भएको चौथों मिनेटमा यशोधा कुमारी चिरालले गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने संकेत दिइन्। तर त्यसपछि गोल भएन।

कोशीले आफ्नो पहिलो खेलमा कर्णालीलाई ३-० ले हराएको थियो। आजै अर्को खेल कर्णाली र मधेश प्रदेश बीच भएको छ। छनोट प्रतियोगितामा ७ प्रदेशको सहभागीता रहेको छ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.