2 years ago
April 22, 2024
सुर्खेत (हाम्रो खेलकुद)– कर्णालीले महिला लिग छनोटमा पहिलो जित निकालेको छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सोमबार भएको दोस्रो खेलमा कर्णालीले मधेश प्रदेशलाई १–० ले हराएको हो ।
वर्षा अोलीले ५८ औं मिनेटमा गरेको गोलमा घरेलु टोली कर्णाली विजयी भएको हो । दोस्रो खेलमा कर्णालीको यो पहिलो जित हो । यसअघि टोली पहिलो खेलमा कोशी प्रदेशसँग ३–० ले पराजित भएको थियो ।

सोमबार त्यसअघि भने कोशीले लगातार दोस्रो जित निकालेको थियो । कोशीले सुदूरपश्चिम प्रदेशलाई २–१ ले हराएको हो ।
कर्णालीको जित दिलाउन दुवै गोल समिक्षा मगरले गरेकी थिइन् । नवौं मिनेटमा समिक्षाले पहिलो गोल गरेकी थिइन् । इन्ज्युरी समयमा उनले अर्को गोल गरेपछि कोशी पहिलो हाफमा २–० ले अगाडि रहेको थियो ।
दोस्रो हाफ सुरू भएको चौथों मिनेटमा यशोधा कुमारी चिरालले गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने संकेत दिएकी थिइन् । तर त्यसपछि गोल भएन ।

छनोट प्रतियोगितामा ७ प्रदेशको सहभागित छ । प्रतियोगितामा मंगलबार हुने एक मात्र खेलमा लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]