2 years ago
April 23, 2024
एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् ।
गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् ।
उनले आइतबार एल क्लासिकोमा बार्सिलोनाविरुद्ध ३–२ को जितमा निर्णायक गोल गरेका थिए । उनले यो सिजन स्पेनिस ला लिगामा १७ गोल गरेका छन् ।
बेलिङहमले रियल म्याड्रिडलाई गत साता च्याम्पियन्स लिगको क्वाटरफाइनलको पेनाल्टीमा म्यानचेस्टर सिटीलाई हराउन मद्दत ग¥यो ।

लाउरेस वल्ड स्पोर्ट्सम्यान अफ द इयर अवार्ड पाँचौंपटक टेनिस खेलाडी नोभाक जोकोभिचले जितेका छन् । महिलातर्फ स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमाटीले जितेका छन् ।
हालको बालोन डी’ओर होल्डर बोनमतीले आफ्नो क्लबलाई २०२२–२३ मा लिगा एफ, स्पेनिस कप र महिला च्याम्पियन्स लिग जिताउन मद्दत गरेकी थिइन् ।
उनी त्यसपछि २०२३ को महिला विश्वकप जित्ने स्पेनको टोलीमा थिइन् । टोलीलाई म्याड्रिडमा लाउरेस समारोहमा वर्षको उत्कृष्ट टोलीको अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड जितेपछि बोनमतीले यो महिलो अवार्ड जित्ने पहिलो फुटबलर हुनुले यसलाई अझ विशेष बनाउने बताइन् ।
यस वर्ष लौरेस अवार्ड जित्नेहरु
वर्ष पुरुष खेलाडी – नोभाक जोकोभिच
वर्ष महिला खेलाडी – आइताना बोनमती
टिम अफ द इयर – स्पेन महिला फुटबल टिम
ब्रेक थ्रु अवार्ड – जुड बेलिङहम
कमब्याक अफ द इयर – सिमोन बाइल्स (जिम्नास्टिक्स)
अपाङ्गता भएको वर्ष खेलाडी – डिडे डे ग्रुट (टेनिस)
एक्सन स्पोर्ट्सपर्सन – अरिसा ट्रू (स्केटबोर्डिङ)
स्पोर्ट फर गुड अवार्ड – राफयल नाडाल
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]