default_image

2 years ago

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

717 views

0 Bookmark

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।

गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ ।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा महालक्ष्मीका लागि सिद्धान्त अधिकारी , निसान राउत, सरोज राई र निसान बस्नेतले गोल गरे । गोदावरीका लागि सुवास तामाङ र सायर तामाङले मात्र गोल गरे ।

निराजन मर्हजनको प्रहारलाइ महालक्ष्मीका गोलकिपर आर्यन महर्जनले रोके भने र वाङ्गेल लामाको प्रहार बाहिरिएको थियो । महालक्ष्मीका गोलकिपर आर्यन मर्हजन म्यान अफ दि म्याच भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

महालक्ष्मीले सेमिफाइनल प्रवेशका लागि वैशाख २१ गते दक्षिणकाली नगरपालिकाका सामना गर्नेछ । बाई पाएर दक्षिणकाली सिधै क्वार्टरफाइनलमा पुगेको हो । उपत्यका १४ पालिकाका १५ वटा टोलीले प्रतियोगितामा भाग लिएका छन् । आयोजकको दुई टोली रहेको छ ।

पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा आइतबार २ खेल हुनेछन् । पहिलो खेल साढे १२ बजे कोन्ज्योसोम गाउँपालिका र नागार्जुन नगरपालिकाबीच तथा दोस्रो खेल चन्द्रागिरी नगरपालिका र बागमती गाउँपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै अनुशासित टोलीले ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फरर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.