2 years ago
April 27, 2024
ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।
गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ ।
निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा महालक्ष्मीका लागि सिद्धान्त अधिकारी , निसान राउत, सरोज राई र निसान बस्नेतले गोल गरे । गोदावरीका लागि सुवास तामाङ र सायर तामाङले मात्र गोल गरे ।
निराजन मर्हजनको प्रहारलाइ महालक्ष्मीका गोलकिपर आर्यन महर्जनले रोके भने र वाङ्गेल लामाको प्रहार बाहिरिएको थियो । महालक्ष्मीका गोलकिपर आर्यन मर्हजन म्यान अफ दि म्याच भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
महालक्ष्मीले सेमिफाइनल प्रवेशका लागि वैशाख २१ गते दक्षिणकाली नगरपालिकाका सामना गर्नेछ । बाई पाएर दक्षिणकाली सिधै क्वार्टरफाइनलमा पुगेको हो । उपत्यका १४ पालिकाका १५ वटा टोलीले प्रतियोगितामा भाग लिएका छन् । आयोजकको दुई टोली रहेको छ ।

पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा आइतबार २ खेल हुनेछन् । पहिलो खेल साढे १२ बजे कोन्ज्योसोम गाउँपालिका र नागार्जुन नगरपालिकाबीच तथा दोस्रो खेल चन्द्रागिरी नगरपालिका र बागमती गाउँपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै अनुशासित टोलीले ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फरर्वाड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]