2 years ago
April 28, 2024
एजेन्सी – विंगर नोनी माडुएकेले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि दुई गोलले पछि परेको स्थितिमा पूनरागमन गर्दै लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार टारेको छ ।
चेल्सीले प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा घरेल टोलीका लागि मोर्गान रोजर्सले गोल गर्दा एक गोल उपहार पाएको थियो । चेल्सीका लागि नोनी माडुएके र कोनर गल्लाघेरले गोल गरे ।
खेलको चौथो मिनेटमा नै मार्क कुकुरेलाको आत्मघाती गोलबाट चेल्सी पछि परेको थियो । १६औं मिनेटमा निकोलस ज्याक्सनले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ४२औं मिनेटमा मोर्गानले गोल गर्दै भिल्लालाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
२–० ले पछि परेको स्थितिबाट दोस्रो हाफ शुरु गरेको चेल्सीले पूनरागमन गर्दै हार टार्यो । ६२औं मिनेटमा माडुएकेले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत दिए । त्यसपछि ८१औं मिनेटमा माडुएकेकै पासमा गल्लाघेरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा एक्सेल डिसासीले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी जितबाट वञ्चित बन्यो । उनले गोल गर्नु अघि नै फउल भएको भिएआरमा देखाइएको थियो ।
यस बराबरीले भिल्ला ३५ खेलबाट ६७ अंक जोडेर चौथो स्थानमा यथावत छ । भिल्लालाई शीर्षा चारमा रहन टाेटनहमले अंक गुमाउनुपर्ने हुन्छ । तीन खेल कम खेलेको टोटेनहम हटस्परको ६० अंक छ । चेल्सी ३३ खेलबाट ४८ अंक जोडेर नवौं स्थानमा छ ।
अन्य नतिजा
फुलहमविरुद्ध क्रिस्टल प्यालेस (१–१)
म्यानचेस्टर युनाइटेडविरुद्ध बर्नले (१–१)
न्यू क्यासलविरुद्ध सेफिल्ड (५–१)
वल्भ्सविरुद्ध लुटोन (२–१)
एभर्टनविरुद्ध ब्रेन्टफर्ड (१–०)
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]