2 years ago
April 28, 2024
एजेन्सी – उपाधि नजिक रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रेलिगेसन क्षेत्रमा संघर्षरत ले हार्भेसँग नाटकीय बराबरी खेल्दै हार टारेको छ ।
खेलको अन्त्यतिर दुई गोल गर्दै ले हार्भेसँग ३–३ गोलको बराबरी खेल्दै पिएसजीले हार टारेको हो । ले हार्भेका क्रिस्टोफेर ओपेरी, आन्द्रे एयु र अब्दुलाए टाउरेले गोल गरे । पिएसजीका ब्राड्ले बार्काेला, अचरफ हाकिमी र गोन्कालो रामोसले बराबरी गोल फर्काए ।
पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलका ओपेरीले गोल गरेपछि पिएसजी खेलमा पछि पर्यो । २९औं मिनेटमा बार्काेलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३८औं मिनेटमा आन्द्रेले गोल गरेपछि पिएसजी खेलमा २–१ ले पछि पर्यो ।
६१औं मिनेटमा टाउरेले गोल गरेपछि ले हाभ्रेले घरेलु टोली पिएसजीविरुद्ध ३–१ को अग्रता कायम गर्यो । त्यसपछि परिवर्तित खेलाडी गोन्कालो रामोस नायक बने । उनले एक गोल र एक असिस्टप्रदान गर्दै पिएसजीलाई हारबाट बचाए ।
७८औं मिनेटमा हाकिमीले गोल गर्दै पिएसजीलाई खेलमा फर्काउने संकेत दिए । उनले ६२औं मिनेटमा मैदान छिरेका रामोसको पासमा गोल गर्न सफल भए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई ३–३ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै पिएसजीले उपाधि जित्न अझै कुर्नुपर्ने भएको छ । यस खेलमा सफलता हात पारेको भए पिएसजी च्याम्पियन बन्ने थियो । यस बराबरीसँगै शीर्षस्थानमा रहेको पिएसजी ३१ खेलबाट ७० अंक छ । दोस्रो स्थानमा रहेको मोनाकोको ५८ अंक छ । ले हार्भे २९ अंकसहित १५औं स्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]