2 years ago
April 28, 2024
हिमाल खरेल, झापा
झापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो ।
आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पुजनले बललाई पोस्टको दिशा दिएका थिए ।
७० औं मिनेटमा मैदानको मध्यभागबाट सिंगल खेल्दै आयोजक टोलीका प्रदीप बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाए । विपक्षी खेलाडी बिट भइसकेको समयमा प्रदीपले सुन्दर गोल गर्दै आयोजकलाई जिततर्फ अग्रसर पारे ।
खेलको इन्ज्युरी समयमा ध्रुुवताराका सञ्जय धिमालले गोल फर्काए। अनमार्क सन्जयले वान टु वानको स्थितिमा गोल फर्काएका थिए ।
खेल अवधिभर आयोजक आदर्शले ध्रुुवतारामाथि दबाब कायम राखेको थियो । ध्रुवताराले निर्धारित ८० मिनेटको खेलमा विपक्षी टिमविरुद्ध खासै मुुभ बनाउन सकेन ।
खेलको ४५ औङ मिनेटमा ध्रुवताराका रजिन माझीले गरेको फ्रिकिक आयोजकका गोलरक्षक उपेन्द्र लुहागुनले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको २३ औं मिनेटमा आयोजक आदर्शका उमेश याङवाले दिएको पासलाई प्रदीपले गोल गर्न सकेनन् । उनको प्रहार विपक्षी गोलरक्षक आयुष लिम्बुले नियन्त्रणमा लिए ।
खेलको प्लेयर अफ द म्याच आयोजजका पुजन थापा भए र उनले ३ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक मनेष दाहालले बताए ।

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख रुपैयाँ ट्रफी र मेडल पाउने छन् । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले लामो समय स्थगित भएको प्रतियोगिता सुरु गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले आगामी वर्षदेखि प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै गाउँपालिकाले सहयोग जारी राख्ने आश्वासन दिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]