2 years ago
April 28, 2024
एजेन्सी – शीर्षस्थानको आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजय यात्रालाई जारी राखेको छ । आर्सनलले आइतबार भएको खेलमा शीर्ष पाँचको टोटनहमलाई ३–२ ले हराएको छ ।
खेलमा ३–० ले पछि परेरपनि टोटेनहम २ गोल फर्काउन सफल भएको थियो । यद्दपी टोली राबरी गर्न भने असफल रह्यो । आर्सनलको जितमा बुकायो साका, काइ हार्भेट्जले गोल गरे । एक गोल आत्मघाती गोल भएको थियो । टोटनहमका लागि क्रिस्टियन रोमेरो र सन हुग मिनले गोल गरे ।
पिरि इमलीको आत्मघाती गोलमा आर्सनलले १५ औं मिनेटले अग्रता लियो । साकाले २७ औं र हार्भेट्जले ३८ औं मिनेटमा गोल गर्दा आर्सनलले पहिलो हाफमै ३–० को अग्रता बनायो । ६४ औं मिनेटमा रोमेरोले गोल गर्दै अन्तर घटाए । मिनले ८७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई खेलमा फर्काउ प्रयास गरे। तर टोली बराबरी गोल गर्न सफल भएनन् ।
३५ खेलमा २५ जित ५ बराबर र ५ हारको आर्सनल ८० अंकका साथ शीर्षस्थानमा कायम छ । २ खेल कम खेलेको म्यानचेस्टर सिटी ७६ अंकसहित दोस्रो स्थानमा छ । पाँचौं स्थानमा रहेको टोटेनहमको ६० अंक छ । तेस्रो स्थानको लिभरपुलको ७५ र चौथो स्थानको एस्टन भिल्लाको ६७ अंक छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]