default_image

2 years ago

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

629 views

0 Bookmark

हिमाल खरेल, मेचीनगर

झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक गुरुङले नर्थ बंगालको पोस्टमा प्रहार गरेका थिए ।

उनको प्रहार गोलरक्षक राकेश सिंहको हातबाट फुत्किएको मौकामा बिर्तामोडका आशिषले गोल गरेका हुन् । बिर्तामोडको अग्रता धेरैबेर टिकेन । दोस्रो हाफको दोस्रो मिनेटमा नर्थ बंगालले बराबरी गोल गरेको थियो । मोहम्मद राहुलको क्रस पासमा पेनाल्टी बक्समा अनमार्क रहेका हेमराज भुजेलले हेडमार्फत सुन्दर गोल गरेर खेललाई बराबरीमा ल्याए ।

दोस्रो हाफको ३८औं मिनेटमा नर्थ बंगालका राहुल बासुमत्रीले बिर्तामोडका आशिषंलाई पेनाल्टी बक्समा फाउल गरेपछि बिर्तामोडले पेनाल्टी पाएको थियो । आशिषले नै गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

बिर्तामोडका लागि खेलको इन्ज्युरी समयमा आशिषले नै अर्काे गोल थपे । विपक्षी गोलरक्षक राकेश सिंह अगाडि बढेको समयमा गरेको उनको भली बल गोल भएको थियो । प्लेयर अफ द म्याच बिर्तामोडका ह्याट्रिककर्ता आशिषले ३ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा सोमबार मानेभन्ज्याङ एफसी भारत र धरान फुटबल क्लब सुनसरीबीच खेल हुने आयोजक समितिका मिडिया संयोजक सुरज दंगालले जानकारी दिए ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.