2 years ago
April 30, 2024
एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले भलेन्सियालाई ४-२ ले पराजित गरेको हो।
बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए।
२२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। ३८ औं मिनेटमा पेपेलुले गोल गरेपछि पहिलो हाफमा भ्यालेन्सियाले २-१ को अग्रता लिएको थियो।
पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा गिओर्गी मामर्डासभिलीले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा बार्सिलोनाले दोस्रो हाफमा उठायो ।
४९ औं मिनेटमा लेवान्डोस्कीले बराबरी गोल गरे। ८२ औं र इन्ज्युरी समयको खेलको तेस्रो मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे भने टोलीलाई जित दिलाए।
जितपछि बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ३३ खेलमा टोलीको ७३ अंक छ र दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको रियल म्याड्रिडको भन्दा बार्सिलोना ११ अंकले पछाडि छ। त्यसैगरी भलेन्सिया ४७ अंकसहित आठौं स्थानमा छ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]