default_image

2 years ago

April 30, 2024

बेलबारी आदर्श च्यालेन्ज कप सेमिफाइनलमा

362 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

बेलबारी एफसी मोरङले तेस्रो बुधबारेमा जारी आदर्श च्यालेन्ज कपमा इलामको रेडहर्स एफसीलाई सहज रुपमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

अन्तिम क्वार्टरफाइनल मंगलबार इलामलाई बेलबारी एफसीले २–० ले पराजित गर्दै सेमिफाइनलमा बिर्तामोड युुनाइटेडसँगको भेट पक्का गरेको छ । बेलबारीको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

खेलको १४औं मिनेटमा विवेक पौडेलको क्रसपासमा प्रशान्त अवस्थीले बेलबारीलाई सुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी एरियाबाट उनले गरेको प्रहारलाई विपक्षी गोलरक्षकले बचाउन सकेनन् । खेलमा दोस्रो गोल पनि प्रशान्तको नाममा रह्यो । ४३ औं मिनेटमा सागर तिवारीले पेनाल्टी एरियामा दिएको हेडरलाई सदुपयोग गर्दै प्रशान्तले गोल गरेका थिए ।

दुई विदेशी खेलाडी मैदानमा उतारेको रेडहर्सले गोल गर्ने थुप्रै अवसर सिर्जना गरे पनि असफल भयो । इलामका खेलाडीको पटकपटकको प्रहार बेलबारीका गोलरक्षक पूर्ण चेम्जोङले बचाउ गरेका थिए । खेलको प्लेयर अफ द म्याच बेलबारीका दुुई गोल गर्ने खेलाडी प्रशान्त अवस्थी घोषित भए । उनले ३ हजार रुपैयाँ पुरस्कार पाए ।

पहिलो सेमिफाइनल बुधबार आयोजक आदर्श युवा क्लबले भारतको मानेभन्ज्याङ एफसीको सामना गर्नेछ । प्रतियोगिताको विजेताले २ लाख र दोस्रोले १ लाख ट्रफी र मेडल पाउने छन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.